राजकुमार कार्की
भदौ १७ । नेपाली कांग्रेस
ओखलढुंगाका पुराना नेता होम बहादुर श्रेष्ठको निधन भएको छ । नेपाल प्रहरी अस्पताल
महाराजगञ्जमा उपचारको क्रममा २०८२ साल भदौ १२ गते निधन भएको हो । बि.सं १९९७ साल
बैशाख ३ गते जन्मनु भएका श्रेष्ठको ८६ वर्षको उमेरमा निधन भयो । उहाँ करिब ४ महिना
देखि आन्द्रा क्यान्सरबाट पिडित भई उपचारर्थ रहेको अवस्थामा मृत्यु भएको छोरा
शिबजी श्रेष्ठले जानकारी दिनुभयो ।
२००७ सालमा नेपाली कांग्रेसले गरेको
क्रान्तीमा ओखलढुंगा सदरमुकामका सुर्य बहादुर श्रेष्ठ सर्वस्वहरणमा पर्नुभयो ।
ओखलढुंगा क्रान्तिका कमाण्डर मुगाधन राई सँगै क्रान्तिमा संलग्न हुनुभएका
सुर्यबहादुरलाई पक्राउ गरियो । टुँडीखेल (अहिलेको आर्मी ब्यारेक) भएको ठाउँमा लगेर
कुटेर म¥यो भनेर टुँडीखेल
नजिकैको खोल्सामा फालियो । र मृत्यु दण्ड दिइदैछ भनेर घरमा खबर पठाईयो । त्यो
बेलामा स्वर्गीय होम बहादुर श्रेष्ठ १० वर्षको मात्र हुनुहुन्थ्यो । आमा श्रीमाया
श्रेष्ठ सँग टुँडीखेलमा बुवालाई भेट्न जानुभयो । बुवालाई भेट्न गएको बेलामा होम
बहादुरलाई ठुलो उमेरको देखाई मुक्ती सेनामा संलग्न रहेको आरोप तत्कालीन सेनाले
लगायो । बुवा सुर्यबहादुरलाई जेल सरुवा
भोजपुर पठाईयो । बुवालाई भोजपुर पठाएपछि उहाँ पनि आमा सँग भोजपुर जानुभयो । ०७
सालको क्रान्ति सफल भयो, नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्र स्थापना सँगै क्रान्तिमा
संलग्न भएका कारण बन्दि बनाईएका र थुनामा रहेकाहरुलाई मुक्त गराउने निर्णय सँगै
सुर्य बहादुर पनि छुट्नुभयो ।
होम बहादुर श्रेष्ठको उमेर बढेसँगै
कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन थाल्नुभयो । २०३१ सालमा टिम्बुरबोटे
घटनामा नेपाली कांग्रेसले ठुलो क्षति ब्यहोर्नुपरेको थियो । त्यो घट्नामा सहयोग
गरेको भन्दै जिल्लाको सिडिओले बोलाएर मानसिक यातना दिइयो । शारिरिक यातना दिनलाई
सिडियोले विभिन्न प्रमाणको प्रमाणीत गर्न खोजे पनि संभव भएन । प्रतिबन्धीत
अवस्थामा श्रेष्ठले विभिन्न तरिकाले पार्टीलाई सहयोग गर्दै आउनु भयो । बि.सं २०४६
सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । र नेपाली कांगेसका नेताहरु स्वतन्त्र
रुपमा हिड्न र संगठन गर्न सजिलो भयो । त्यो बेलामा स्वर्गीय होम बहादुर श्रेष्ठ
पनि ओखलढुंगा सदरमुकाममा भएको ओखलढुंगा गाउविकास समितिको गाउँकार्यसमितिको सभापति
बनेर नेपाली कांगे्रेसको संगठन गर्न लाग्नुभयो । बि.सं २०४९ सालको चुनावमा चुनावी
कमाण्डर भएर पार्टीका नेताहरुलाई चुनाव जिताउन लाग्नुभयो । त्यसपछि २०५४ सालमा
भएको स्थानीय निकायको चुनावमा वडाअध्यक्षको पदमा उम्मेदवारी दिनुभयो तर पराजीत
हुनभयो । त्यसपछि पार्टीमा पद नखोजी सहयोग गरेर मात्र बस्नुभयो । नेपाली कांग्रेस
ओखलढुंगाले बिपीस्मृति भवन निर्माण गर्दा रु १ लाख नगद सहयोग समेत गर्नुभएको परिवार श्रोतले जानकारी दिएको छ ।
प्रजातन्त्र स्थापनार्थ, समाज परिवर्तनका लागि
अहोरात्र लाग्नु भएका एक कर्मठ, त्यागी नेताको रुपमा परिचित श्रेष्ठको निधनले
पार्टीमा अपुरणीय क्षति पु¥याएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताउनु भयो ।
पशुपति आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य
रामहरि खतिवडा, केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवार, पार्टी सभापति एवं
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल लगायत पार्टीका शिर्षस्थ नेताहरु
सहभागी भई नेपाली कांग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धान्जली अर्पण गरिएको
थियो । ओखलढुंगा समाजसेवा काठमाण्डौले शवयात्राको सम्पुर्ण संयोजन र ब्यवस्था गरेको थियो । नेपाल प्रहरीका प्रमुख
चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका उपरथी ध्रुवविक्रम शाह लगायत
सेना प्रहरीका उच्चपदाधिकारीहरुले सलामी दिएका थिए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, सुजाता कोइराला, स्वास्थ्य मन्त्री प्रदिप पौडेल लगायत नेपाली कांग्रेसका शिर्षस्थ नेताहरु र काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपस्थित भएर समबेदना प्रकट गरेका छन् । त्यसैगरी नेपाली काङ्ग्रेस ओखल्ढुङ्गा काठमान्डौ सम्पर्क समितिका सभापति खिलानाथ लुइटेलको सम्योजनमा सभापति तेजेन्द्र खनाल लगाएत जिल्लाका शिर्सस्थ नेताहरु उपस्थित भएर समबेदना प्रकट गरेका छन ।
उहाँको परिवारमा धर्मपत्नी प्रेमकुमारी
श्रेष्ठ,
छोराहरु सिताराम, राम्जी, शिबजी, रामविनय र केन्द्र
श्रेष्ठ छन । छोरीहरु बिमला, कल्पना, बिनिता र रेखा श्रेष्ठ गरी जम्मा ९ सन्तान
रहेका छन् ।