खाता नाम: प्रमिला गिरी आर्थिक सहयोग गर्न नसक्नेहरूले पनि यो समाचार तथा सहयोगको अपिललाई शेयर गरेर अन्य सहयोगी मनसम्म पुर्याइदिन परिवारले हार्दिक अनुरोध गरेको छ। |
साउन २६ । उमेरले
जम्मा २० वर्ष, जीवनका सुन्दर सपना बुन्दै भविष्यको बाटो तय गर्ने बेला प्रमिला
गिरी अहिले क्यान्सरजस्तो प्राणघातक रोगसँग जीवनको संघर्ष गरिरहेकी छन्। लामो
समयदेखि उपचाररत प्रमिलाको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरूले उपचार सम्भव
रहेको बताए पनि उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन परिवारलाई कठिन भएको छ।
साविक फेदिगुठ
गाविस–३, हाल चम्पादेवी गाउँपालिका–४ निवासी प्रमिला गिरीलाई अल्भियोलर
र्याब्डोमायोसार्कोमा नामक क्यान्सर भएको
परिवारले जनाएको छ। उनको हाल काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको
छ।
प्रमिलाको उपचारका
क्रममा अहिलेसम्म परिवारले ऋणधन गरेर ३० लाख रुपैयाँभन्दा
बढी खर्च गरिसकेको जनाएको छ। आफूसँग भएको जायजेथा बेचेर
समेत छोरीको उपचार गराउँदै आएको परिवार अब थप उपचार खर्च जुटाउन नसक्ने अवस्थामा
पुगेको छ।
‘छोरीको उपचार सम्भव छ
भने पैसा अभावकै कारण उनको जीवन गुमाउन नपरोस्’ भन्ने आशामा परिवारले सहयोगी
मनहरूसमक्ष सहयोगको अपिल गरेको छ।
प्रमिलाका दाजु तुलसी
गिरीले बहिनीको जीवन बचाउन देश तथा विदेशमा
रहनुभएका नेपाली, मनकारी व्यक्ति, सामाजिक अभियन्ता, राजनीतिक
दल, संघ–संस्था तथा सहयोग गर्न इच्छुक सबैमा आर्थिक सहयोगका लागि
अनुरोध गरेका छन्।
चिकित्सकका अनुसार
प्रमिलाको उपचार सम्भव रहेकाले समयमै आवश्यक उपचार निरन्तर गर्न सके उनको जीवन
बचाउने आशा परिवारमा अझै जीवित छ। तर आर्थिक अभावका कारण उपचार रोक्नुपर्ने अवस्था
आउन सक्ने भन्दै परिवार चिन्तित बनेको छ।
तपाईंको
सानो सहयोग, प्रमिलाका लागि जीवनको ठूलो आशा
प्रमिलाको उपचारमा
सहयोग गर्न चाहनेहरूले निम्न बैंक खातामा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ।
खाता नाम: प्रमिला
गिरी
बैंक: सानिमा
बैंक
खाता नं.: ०७६०१११००००२६८०
आर्थिक सहयोग गर्न
नसक्नेहरूले पनि यो समाचार तथा सहयोगको अपिललाई शेयर
गरेर अन्य सहयोगी मनसम्म पुर्याइदिन परिवारले हार्दिक
अनुरोध गरेको छ।
आज तपाईंले गरेको
सानो सहयोग कसैको जीवन बचाउने ठूलो आधार बन्न सक्छ। त्यसैले ‘मानवताको
नाताले एकपटक प्रमिलाका लागि सहयोग गरौँ, उनको उपचारमा
हातेमालो गरौँ।’
प्रमिलाको जीवन
बचाउने अभियानमा तपाईंको साथको अपेक्षा गरिएको छ।