राजकुमार कार्की
असार १० । सिद्धिचरण नगरपालिकाका नगरप्रमुख
तेजन खनालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६७ करोड १२
लाख ४५ हजार ४२४ रुपैया बजेट प्रस्ताव गरिएको छ । बुधबार प्रस्तुत गरिएको नीति तथा
कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट ब्यवस्थापन गर्दै नगरसभा सम्पन्न गरिएको
हो ।
ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण
नगरपालिकाले समृद्ध नगर निर्माण गर्न आगामी वर्षको लागि बजेट प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ ।
आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटको ब्यवस्थापन आन्तरिक श्रोत र प्रदेश, संघिय अनुदानलाई आधार
मानेको छ । नगरपालिकाको आन्तरिक आय २ करोड, भूमी प्रशासन कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन
दस्तुर बाँडफाडबाट रु ५० लाख रुपैयाको अनुमान गरिएको छ । त्यसैगरी राजश्व बाँडफाड संघीय सरकारबाट ९ करोड ९७ लाख
५९ हजार,
सवारीसाधन कर
बाँडफाँड प्रदेश सरकारबाट ९७ लाख ५८ हजार २७२ रुपैया, संघसरकारबाट वित्तिय
समानीकरण अनुदान रु १० करोड ७५ लाख समपूरक अनुदान रु ४० लाख, विशेष अनुदान रु ८६
लाख, सशर्त अनुदान
चालुतर्फ ३६ करोड ८४ लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरण ९६ लाख ९८ हजार, समपूरक अनुदान रु ८०
लाख र सशर्त अनुदान चालु रु १ करोड ७३ लाख ३७ हजारको बजेट प्रस्तुत गरिएको छ । भने
यि श्रोतबाट अपुग रकम आर्थीक वर्ष ०८२÷०८३ को बैंक मौज्दात अल्या रु २ करोड ५७ लाख ९३
हजार १५२ रुपैया अनुमान गरिएको बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।
प्रस्तावीत बजेट खर्च गरिने क्षेत्रगत रुपमा शिक्षा
युवा तथा खेलकुदतर्फ संघीय सरकारबाट हस्तान्तरित भई आएका कार्यक्रम २८ करोड ६३ लाख, प्रदेश सरकारबाट ४५
लाख र नगरपालिकाबाट विनियोजित १ करोड ४२ लाख ७६ हजार गरी जम्मा ३० करोड ४६ लाख २६
हजार बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ संघीय र प्रदेश सरकारबाट हस्तान्तरित
भई आएका कार्यक्रम ५ करोड ६६ लाख र नगरपालिकाबाट बिनियोजित रकम १ करोड ५२ लाख ८०
हजार २०० गरी जम्मा ७ करोड १८ लाख ८० हजार २०० रुपैया विनियोजन गरिएको छ ।
कृषीतर्फ संघीय सरकारबाट हस्तान्तरित रैथाने पशुपन्छी पालन प्रबद्र्धन लगायत
कार्यक्रमका लागि ७ लाख, विभेदमा परेका वर्गलक्षित ब्यावसाय पशुपन्छी कार्यक्रम अन्तर्गत ८६ लाख
नगरपालिाबाट निनियोजन २३ लाख १५ हजार गरी जम्मा १ करोड १६ लाख बजेट ब्यवस्था
गरिएको छ ।
पूर्वाधारतर्फ प्रदेश सरकारबाट समपुरक अनुदान ९ र
१० को वडा कार्यालय भवनका लागि ८० लाख, संघीय सरकार समपुरक घुन्सादेखि ७ नं वडा कार्यालय
सम्म सडक स्तरोन्नती ४० लाख, नगरपाालिकाबाट विनियोजन १ करोड २० लाख गरी जम्मा २
करोड ४० लाख ब्यवस्था गरिएको छ । त्यसै
गरी रुग्ण रुपमा रहेको श्रष्टा पार्कलाई आर्थीक वर्ष ०८३÷०८४ मा सम्पन्न गर्ने
गरी ७० लाख बजेट ब्यवस्था गरिएको छ । महिला बालबालिका, ज्येष्ठ नागरिक तथा
समाज कल्याण तर्फ विभिन्न शिर्षकमा खर्च गर्नेगरी १ करोड ९७ लाख ८६ हजार ८०० बजेट
ब्यवस्थापन गरिएको छ । वडागत रपमा सबै वडाले ३५ लाख बराबरको योजना छनौट गरि
विनियोजन गरिएको छ । त्यसैगरी चालु तथा
प्रशासनिक तर्फ ११ करोड ९३ लाख ८२ रुपैयाँ प्रस्ताव गरिएको छ ।