राजकुमार
कार्की
असार ९ । जिल्लामा शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकहरू सहभागी भएका थिए ।
कार्यक्रममा विद्यालयहरूमा अंगीकार गरिएका असल अभ्यासहरूको बारेमा प्रस्तुतीकरण गर्दै एकअर्का प्रति साटासाट गरिएको थियो । भने नमूना विद्यालयहरूद्वारा अपनाइएका सिकाइ प्रक्रिया, भौतिक
संरचना र प्रभावकारी शिक्षण विधि बारे छलफल भएको थियो जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि घिसिङले जिल्लामा संसदले शिक्षक प्रति देखाएको अपमानजनक ब्यवहार प्रति दुख ब्यत्त गर्दै शिक्षकलाई तल्लो तहमा राखेर शैक्षिक गुणस्तर अभिवृद्धि नहुने बताउनु भयो । उहाँले शिक्षकप्रतिको सम्मान र मर्यादा कायम गर्न आवश्यक भएको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि संविधानसभा सदस्य यज्ञराज सुनुवारले शिक्षकले राष्ट्रको भविश्य निर्माण गर्ने भएकाले शिक्षकलाई बिग्रिने छुट नभएको बताउनु भयो । त्यसै गरी संविधानसभा सदस्य हर्कबोल राईले सामुदायिक विद्यालयमा गरिएको लगानी खेर गएको भाष्य समाजमा ब्याप्त भएकाले यसलाइ चिर्न सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमका सभापति तथा जिसस प्रमुख टेकराज भट्टराईले भुइ मान्छेका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा कसैले पनि खेलबाड गर्न नहुने बताउनु भयो । कार्यक्रममा प्रधानाध्यापकहरूको सक्रिय सहभागिताले जिल्लाको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त समेत गर्नुभयो ।