नेपाली कांग्रेस चिसँखुगढी गाउँकार्य समितिको बैठक सम्पन्न


असोज १ । नेपाली कांग्रेस चिसँखुगढी गाउँपालिका गाउँकार्य समितिको बैठक सम्पन्न भएको छ। कांग्रेसको १५ औं महाधिवेशन तथा पालिकाको दोस्रो महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न तयारी बैठक बुधबार सम्पन्न भएको हो।  बैठकमा   नेपाली कांग्रेस को १५औं महाधिवेशन तथा पालिकाको दोस्रो अधिवेशन भव्य रुपमा सफल बनाउन सबैजना लाग्ने । अधिवेशन उत्साहजनक सहभागीको लागि पालिका बासी सम्पूर्ण प्रजातन्त्र प्रेमी नेपाली काँग्रेस जनमा आह्वान गर्ने । यस पालिका भित्रका सबै वडाहरूमा वडा अधिवेशन एकै दिन असोज ४ गते सम्पन्न गर्ने।  उपसभापति नवराज कार्कीको संयोजकत्वमा अधिबेशन  व्यवस्थापन उपसमिति बनाउने । सह सचिव युवराज बास्तोलाको संयोजकत्वमा प्रचार प्रसार उपमिति बनाउने । रामचन्द्र कार्कीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति बनाउने र यदु बास्तोलाको संयोजकत्वमा  मञ्च व्यवस्थापन उप समिति बनाउने निर्णय गर्दै जिम्मेवारी बाँडफाँड गरिएको नेपाली कांग्रेसका पालिका सभापति गोपालमान थापाले जानकारी दिनुभयो ।को बैठक सम्पन्नको बैठक सम्पन्न

प्रतिक्रिया