राजकुमार कार्की
चैत १८ । जिल्लाका चार सामुदायिक
विद्यालयका एसईईमा सहभागी हुने १० जना
भन्दा कम विद्यार्थी छन् । जेसे मावि पात्लेबाट ६ जना, जलजलेश्वर गुरुकुल
विद्याश्रम मावि त्रिवेणिधामबाट ७ जना, च्युरीडाँडा मावि
सिंहदेवीबाट ८ जना र विगुटार माविबाट ९ जना विद्यार्थीले एसईईमा नियमित
फारम भरेका छन् । त्यसैगरी खुल्ला विद्यालय अन्तर्गत सगरमाथा जनता माविबाट ५ जना
विद्यार्थीले एसईई परिक्षाका लागि फारम भरेका छन्
।
जिल्लाभरीमा ३ संस्थागत विद्यालय र ७८ सामुदायिक
विद्यालय गरी जम्मा ८१ वटा माध्यमिक तहका विद्यालय छन् । जसमध्येबाट छात्रा १ हजार
१ सय २४ जना र छात्र १ हजार ९० जना गरी जम्मा २ हजार २ सय १५ जना विद्यार्थी रहेका
छन् । साधारण धार नियमित तर्फ २ हजार २६ जना, प्राविधिक धार नियमित तर्फ १ सय ३३ जना ग्रेड
बृद्धि साधरण धार तर्फ ४८ जना, ग्रेड बृद्धि प्राविधिक धार तर्फ ८ जनाले परिक्षाका
लागि आवेदन फारम भरेका छन् ।
सामुदायिक विद्यालय तर्फ भगवती मावि मानेभञ्ज्याङमा
नियमित तर्फ ८६ जना ग्रेडबृद्धितर्फ ४ जना गरी जम्मा ९० जना विद्यार्थी छन् । यो
जिल्ला भरीका सबै विद्यालयको भन्दा बढी विद्यार्थी सहभागी हुने विद्यालय हो ।
त्यसै गरी बरुणेश्वर मावि रामपुरमा प्राविधिक धार ३१ जना र साधारण धार ४२ जना गरी
जम्मा ७३ जना विद्यार्थी परिक्षामा सहभागी गराउने दोश्रो विद्यालय हो । गोल्मादेवी
मावि पलापुबाट नियमित ७२ जना विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फका
विद्यार्थीलाई हेर्दा दोश्रो धेरै विद्यार्थी भएको विद्यालय हो । प्राविधिक धारलाई
मात्र हेर्दा तेश्रो धेरै विद्यार्थी भएको विद्यालय हो । जिल्ला भरीकै सबैभन्दा कम
विद्यार्थी भएको विद्यालय जेसे मावि पात्ले हो, जसमा ६ जना विद्यार्थी एसईईमा सहभागी हुदैछन् ।
खुल्ला विद्यालय अन्तर्गत जिल्ला भरी सगरमाथा जनता मावि ओखलढुंगाबाट ५ जना
विद्यार्थीले परिक्षा फारम भरेका छन् ।
एसईई परिक्षामा सहभागी हुने संस्थागत विद्यालय तर्फ
लालीगुराँस इङुलीस सेकेन्डरी स्कुल ओखलढुंगामा सबै भन्दा बढी विद्यार्थी ७७ जना
रहेका छन् । सबै विद्यालयका विद्यार्थीहरुको तुलना गर्ने हो भने जिल्लाको दोश्रो
धेरै विद्यार्थी भएको विद्यालयमा पर्दछ ।
भने सबैभन्दा कम सनराइज इङुलीस स्कुल रुम्जाटारमा १६ जना विद्यार्थी रहेका
छन् ।
८ वटा स्थानीय तह रहेको यस जिल्लामा ११ वटा
केन्द्रबाट परिक्षा सन्चालन हुँदैछ । सिद्धिचरण नगरपालिकाको सगरमाथा जनता मावि ओखलढुंगा, विगुटार मावि विगुटार
र रुम्जाटार मावि रुम्जाटार गरि ३ वटा केन्द्र रहेका छन् । यो जिल्लाको सबै भन्दा
बढी परिक्षा केन्द्र भएको स्थानीय तह हो ।
सुनकोशी गाउँपालिकाको प्रबुद्ध मावि च्यानम र कालिका मावि सिस्नेरी गरि २
वटा केन्द्र छन् भने बाँकी ६ वटा स्थानीय तहमा १–१ वटा केन्द्र रहेको शिक्षा
समन्वय इकाई ओखलढुंगाले जानकारी दिएको छ ।
लिखु गाउँपालिकामा ग्रामोदय युगकवि सिद्धिचरण मावि
गामनाङटार, चम्पादेवी गाउँपालिकामा ज्ञानप्रकाश मावि घोराखोरी, मानेभञ्ज्याङ
गाउँपालिकामा भगवती मावि मानेभञ्ज्याङ, चिशंखुगढी गाउँपालिकामा सरस्वती मावि खानीभञ्ज्याङ, मोलुङ गाउँपालिकामा
बरुणेश्वर मावि रामपुर र खिजीदेम्बा गाउँपालिकामा फुलमति मावि खिजीफलाटेमा केन्द्र
तोकीएको छ ।