सहकारी संघको दोश्रो अधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन


चैत १४ । जिल्ला सहकारी संघ ओखलढुंगाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । बिहिबार सम्पन्न भएको अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनमा वार्षिक लेखापरिक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरिक्षक नियुक्त गर्ने निर्णय समेत गरेको छ । सरोजकुमार धमलाको अध्यक्षतामा ७ सदस्यीय सन्चालक समिति गठन गरेको छ ।

अध्यक्ष सरोजकुमार धमला, उपाध्यक्ष कल्याण राई, सचिव देवकुमार दाहाल, कोपाध्यक्ष रामकुमारी गुरुङ, सदस्य पदम कुमार तामङ, सदस्य गोपाल तामङ, सदस्य दिनेश काफ्ले सर्वसहमत सन्चालक समिति चयन भएको जानकारी दिएका छन् । त्यसैगरी योगेश्वर अधिकारीको संयोजकत्वमा लेखा समिति चयन गरेको छ,

प्रतिक्रिया