केउरेनीमा दुईघर जलेर नष्ट, ५७ लाख बढीको क्षति


राजकुमार कार्की

ओखलढुंगा चैत २१ । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीमा ब्यक्तिको घरमा आगोलागि हुँदा ५७ लाख भन्दा बढीको क्षति भएको छ । आगोलागीले स्थानीय बुद्धि कुमार आचार्यको ढुंगामाटोले बनेको २ वटा घर जलेर नष्ट भएका हुन् ।

शनिबार विहान करिब ८ बजेको समयमा विद्युत सर्ट भई  आगोलागि हुँदा ढुंगामाटोले बनेको खरको छानो भएको दुईतले घर नष्ट भएको थियो । उक्त घरमा लागेको आगो नियन्त्रण बाहिर गई सँगै रहेको ढुंगामाटोले बनेको खरको छानो भएको दुईतले अर्काे घरमा समेत आगो लागेको थियो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार, आगोलागीले दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । दुईवटा घरभित्र भएका लत्ताकपडा, अन्नपात, भाँडावर्तन, १० तोला सुनका गरगहना, २५ तोला चाँदीका गरगहना र करिब १० लाख नगद समेत जलेर नष्ट भएको छ । जलेर नष्ट भएका सबै सामग्रीहरु र नगद सहित करिब ५७ लाख १० हजार ७ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।  घरमा आगोलागि भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी निशंखेबाट गएको प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा करिब ११ः३५ बजेको समयमा आगो नियन्त्रणमा आएको थियो । आगोलागिबाट मानवीय तथा पशुचौपयामा भने कुनै क्षति भएको छैन ।


प्रतिक्रिया