माघ १६ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा शैक्षिक महोत्सव शुरु भएको छ । ‘जीवनपयोगी सिपको
आधारशीला,
निर्विकल्प बनुन
हाम्रा पाठशाला’ भन्ने मुलनाराका साथ
शैक्षिक महोत्सव शुरु भएको हो । भगवती माध्यमिक विद्यालयको प्राङगणमा माघ १६
गतेबाट शुरु भएको शैक्षिक महोत्सव माघ १९ गते सम्म सन्चालन हुनेछ ।
विद्यार्थीहरुको शैद्धान्तिक ज्ञान संगै व्यवहारीक सिपको विकास गर्न शैक्षिक
महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
शैक्षिक महोत्सव
कार्यक्रममा विभिन्न खालका प्रतियोगिताहरुः चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, हस्तलेखन प्रतियोगिता, फुटसल प्रतियोगिता, विज्ञान परियोजना
प्रदर्शनी, हस्तकला प्रदर्शनी, कविता वाचन प्रतियोगिता, अंग्रेजी हिज्जे प्रतियोगिता, वक्तृत्वकला
प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, लोक सामुहिक नृत्य प्रतियोगिता
लगायतका कार्यक्रम सन्चालन गरिनेछ । यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुलाई
विद्यालयमा दिईने शैद्धान्तिक ज्ञान संगै व्यवहारीक ज्ञान बृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । बुधबार भएको
उद्घाटन कार्यक्रममा दैनिक जीवनमा प्रयोग
गरिने खानाका आइटमहरु बनाई प्रर्दशन गरिएको थियो भने गाउँघरमा कृषी उत्पादनमा
प्रयोग गरिने कृषी औजार, परालबाट बनाउन सकिने गुन्द्री, पिरा, धागो बाट बनाउन मिल्ने टोपी, झोला, कुचो, बाँस निँगालाको
चोयाबाट बनाउन मिल्ने फुङचा, डोका लगायतका विद्यार्थीहरुले निर्माण गरेका
सामग्रीहरु प्रदर्शनमा राखिएको थियो ।
मानेभञ्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दालीको अध्यक्षतामा भएको कार्यक्रम कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा कोशी प्रदेश सभा पुर्व सभामुख एवं ओखलढुंगा प्रदेश सभा (ख) प्रतिनीधी बाबुराम गौतम, सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल लगायतको उपस्थिती रहेको आयोजकले जानकार दिएको छ ।