स्वास्थ्य कर्मीका लागि लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न


राजकुमार कार्की

 भदौ १२ । महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीलाई लैंगिक हिंसा सम्बन्धी स्थलगत अनुशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं ४ केतुकेमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीहरुलाई एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । युनएफपीएको आर्थीक सहयोग तथा सिएमसी नेपालको सहकार्यमा  बिहिबार स्वास्थ्य चौकी केतुकेको हलमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । स्थानीयस्तरमा लुकेर बसेका लैंगिक हिँसाका घटनाहरुलाई बाहिर निकाल्ने उदेश्यले अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको युएनएफपीए जिल्ला संयोगक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।

समुदायमा लंैगिक हिँसाका घटना लुकेर बस्ने गरेको र महिला स्वास्थ्य स्वयम सेविका समुदायमा नै रहने भएकाले उहाँहरुलाई  हिंसाको सहजीकरण गर्न सजिलो बनाउने उदेश्यले आभिमुखीकरण गरिएको  संयोजक श्रेष्ठले बताउनु भयो । स्थानीयस्तरमा महिनामा कम्तिमा १ देखि २ वटा लंैगिक हिँसाका घटना स्वास्थ्य संस्थामा र सामुदायिक मनोसामाजिक कार्यकर्तालाई रिफर गर्ने गरेका छन् ।  लैंगिक हिँसा के हो, यसका रुपहरुको बारेमा प्रष्ट बनाइएको थियो । लैंगिक हिँसाले हुने असरहरु र प्रभावको बारेमा, लैंगिक हिंसा भोगेका ब्यक्तिहरुमा देखिने भावनात्मक, शारीरिक समस्या लगायतका विषयमा अभिमुखीकरण गराइएको सिएमसी नेपाल कोशी प्रदेशका स्वास्थ्य संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसारविश्वमा प्रति ३ जना महिला मध्ये १ जना महिला आफ्नो जीवनकालमा शारिरीक वा यौनिक हिँसामामा पर्ने गरेका छन् । ५३ प्रतिशत महिलाहरु आफ्ना श्रीमान र घनिष्ठ साथीहरुबाट हिंसाको अनुभव गर्ने गरेका छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारिरीक हिँसा भोगेका छन्  र  ८ प्रतिशतले कुनै न कुनैबेला यौनहिंसाको अनुभव गरेको तथ्याँक छ ।

प्रतिक्रिया