स्थानीय कृषी प्रबद्र्धन गर्न नगरपालिकाद्वारा तरकारी विक्री केन्द्रको स्थापना


राजकुमार कार्की

 फागुन   । सिद्धिचरण नगरपालिकाले स्थानीय कृषी उत्पादनलाई प्रबद्र्धन गर्न तरकारी तथा फलफुल विक्री केन्द्रको स्थापना गरेको छ । सदरमुकामस्थित शनिबारे हाटमा विक्री केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले बजेट बिनियोजन गरी विक्री केन्द्र निर्माणका लगि टेन्डर आव्हान गरेको थियो । श्री के.वि.जी कन्ट्रक्सन एन्ड सप्लायर्स प्रा.ली भक्तपुरले दुइतले ट्रष्ट भवन निर्माण सम्पन्न गरि बुझाएपछि सन्चालनमा आएको छ । नगरपालिकाले २२ लाख ५३ हजार ६२५ रुपैयाँ ६३ पैसा लागतमा निर्माण सम्पन्न गरिएको नगरप्रमुखका स्वकीय सचिव देवकुमार दाहालले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएको दुइतले ट्रष्ट भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख तेजन खनालले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खनालले, स्थानीयस्तरमा उत्पादन भएका कृषी उपजहरुलाई बजार सम्म जोड्नको लागि विक्री केन्द्रको निर्माण गरिएको बताउदै विक्री केन्द्र भवनमा ल्याएर आफ्ना कृषीउपजहरु विक्रीवितरण गर्न सबै कृषकहरुलाई आव्हान समेत गर्नुभयो । सदरमुकामा बुधबार र शनिबार कृषी हाटबजार लाग्ने गरेको छ । यो जिल्लामा लाग्ने कृषी हाटबजार मध्ये पुरानो कृषी हाटबजार मानिन्छ । पहिला पहिला छिमेकी जिल्ला सोलु र खोटाङलाई समेत धानेको यो हाटबजारले अहिले भने स्थानीय हाटबजारको रुपमा विकसीत भएको छ । जिल्ला सदरमुकाम र नगरपालिकाका विभिन्न वडाहरुका नागरिकहरु यस कृषी हाटबजारमा किनवेच गर्न आउछन् । कतिपय समयमा तराईबाट समेत तरकारी र फलफुल ल्याएर विक्रीवितरण गरेको पाइन्छ ।

विशेष गरी वर्षाको समयमा पानीमा रुज्दै आफ्ना कृषीउपजहरु खुल्ला आकासमुनी राखेर बेच्न बाध्य भएका कृषक विक्रीकेन्द्र निर्माण भएपछि खुशी भएका छन् । अब कृषकहरु हावाहुरी झरी बादल बाट जोगिएर सहज विक्री वितरण गर्न सक्ने भएका छन् । विक्री केन्द्रको उद्घाटन सँगै स्थानीयरुपमा उत्पादन भएका तरकारी तथा फलफुल विक्री गर्न शुरु गरिएको छ । स्थानीय उत्पादनलाई प्रबद्र्धन र कृषकलाई हौसला प्रदान गर्न नगरपालिकाले निःशुल्क विक्री वितरण गर्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया