राजकुमार कार्की
फागुन १६ ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाले कार्यालय उद्घाटन
गरेको छ । बीपीस्मृति भवनमा पार्टी सभापति तेजेन्द्र खनालले रिबन काटेर कार्यालय
उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति एवं सिद्धिचरण नगरपालिकाका
नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमका बिच
कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले नेबिसंघ
नेपाली कांग्रेसको महत्वपूर्ण संगठनको नर्सरी नै भएको बताउनु भयो । लोकतन्त्रलाई
सुदृढ गर्न ग्रामिण भेगको तल्लो भेगसम्म पु¥याउने संगठन भनेको नेबिसंघ भएको बताउनु भयो
।
नेबिसंघका जिल्ला
अध्यक्ष रोशन महताराको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
नेबिसंघका उपाध्यक्ष हरिचन्द्र श्रेष्ठले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । समापन कार्यक्रममा
बोल्दै सभापति महताराले अहिले सम्म नेबिसंघका साथीहरुलाई जम्मा गरेर बस्ने, छलफल गर्ने ठाउँ थिएन
। संगठनका गोप्य छफलफल गर्न समेत कठिन थियो । अब त्यो समस्या सधैका लागि समाधान
भएको बताउनुभयो । साथै कार्यालय व्यवस्थापन भई कार्यालयमा बस्दा बल्ल अध्यक्ष भएको
जस्तो महसुस भएको पनि बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष बिनोद कुमार ताम्रकार, नगरसभापति प्रेमराज गुरुङ, क्षेत्रीय सचिव, तरुणदल नगरसभापति, वडा नं १२ का वडाअध्यक्ष उमंग श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष गुणराज खड्का लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।