लक्ष्मन थोकर
आज राष्ट्रिय संविधान दिवसको अवसरमा तङ्ग मो दो संघ ईलाम ( तदर्थ समिति)ले ज्योती मा वि बाट पोखरी बजारपरिसर,सुर्योदय १३ लक्ष्मीपुर ईलाममा ५०० मिटर सरसफाइ कार्यक्रम , खेलाडीहरुलाई नैतिक शिक्षा ,ब्यवहारिकज्ञान् तथा विशेष तालिमको आयोजना गरेकोछ।
खेलकुदको उद्देश्य पदक जित्नुमा मात्रै सिमित हुनु हुदैन ।खेलले खेलाडी हरुलाई अनुशासन ,नैतिकता ,असल सस्कार, परिवार र समाज प्रतिको उत्तरदायित्व र देश प्रेम पनि सिकाउन सक्नु पर्दछ । अन्ततोगत्वा देशको जिम्मेवार नागरिकबनाउन सक्नुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियोे ।
तालिम तथा सरसफाइ कार्यक्रमको नेतृत्व तङ्ग मो दो संघका अध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए ।
३ असोज २०७९, सोमबार ०८:३२ मा प्रकाशित
356