राजकुमार कार्की
फागुन १५ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी शासन सत्ता लिएपछि नेपाली कांग्रेस भूमिगत भई संगठन गरिरहेको थियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई खुलमखुल्ला हिडडुल गर्न र पार्टी संगठन गर्न प्रतिबन्ध लगाईएको थियो । २०२८ सालको कुरा हो ओखलढुंगा जिल्ला तत्कालीन बरुणेश्वर गाउँ पन्चायत अन्तर्गत राममुरका युवा लिलानाथ दाहाल नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । प्रतिबन्धीत कालमा खुलमखुल्ला हिँडडुल गर्न पनि कठिन परिस्थितिमा संगठन गर्न हिड्नु त्यति सजिलो भने थिएन । लुकेर संगठन गर्ने क्रममा घरमा अन्य जिल्लास्तरका नेताहरुको आउने जाने बस्ने भएका कारण प्रजातन्त्रको विषयमा गफ भईरहने हुन्थ्यो । यसरी आफ्नै दाजु नेविसंघको जिल्ला अध्यक्ष हुनु र घरमा काङ्ग्रेसका नेताहरुको आगमन भईरहनुले खिलानाथ दाहाललाई पनि राजनीतिमा होमीने अवसर र बाध्यता दुवै थियो । तत्कालीन अवस्थामा जनताका बीचमा सम्पर्क स्थापना गर्नका निम्ति खेलकुद, अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक कार्यक्रम गर्ने गरिन्थ्यो । लिलानाथ दाहालको नेतृत्वमा पार्टीले जनसम्पर्क स्थापित गर्ने उद्देश्यले दशैको अवसर पारेर नाटक देखाउने लगायतका कामहरु अगाडि बढायो ।
२०२९ साल असारको दोश्रो सातातिर गोठमा संगै सुतेको
बेलामा दाजु लिलानाथ दाहाललाई प्रहरीले पक्राउ गर्यो । र दशैको फुलपातीको अघिल्लो
दिन छोड्यो । २०३० सालमा मंसिरमा धान
काटिरहेका बखत फेरी पक्राउ गरी हतकडी सहित जन्जिरले बाँधेर राखिएको थियो ।
तत्कालीन जिल्ला पन्चायतका कार्यबाहक सभापति खिलानाथ अधिकारीको सहयोगमा माघको
अन्त्यतिर छुटाइयो । तर क्रुर राज्यले लिलानाथ दाहाललाई धेरै दिन घरमा शान्तिसँग
बस्न दिएन, २०३१ साल जेठ २ गते बिपि कोइरालासंग भेटघाट गरि काठमाण्डौ फर्कने क्रममा
पक्राउ गरी केन्द्रीय कारागारमा राखियो । २०३१ साल असोज १३ गते केन्द्रीय
कारागारबाट नख्खु कारागार सार्ने बहानामा नख्खुको ओरालोमा क्रुर हत्या गर्यो । दाजुलाई काठमाण्डौमा
पक्राउ गरे पश्चात रामपुरस्थित घरमा समेत खानतलासी गर्ने र खिलानाथ दाहाल लगायत
परिवारलाई यातना दिने काम गर्यो।
शहिद लिलानाथ दाहालको माइलो भाई खिलानाथ दाहाल
अहिले नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । उहाँ दाजुले
गरेको मुलुकप्रतिको योगदान र दाजुलाई तत्कालीन राज्यले दिएको क्रुर यातनालाई
नजिकैबाट हेर्दै पार्टीका गतिविधीमा
संलग्न भएको भएतापनि २०३४ सालमा एसएलसी दिएपश्चात कांग्रेसमा बढी सक्रीय हुनुभयो। २०३५/२०३६ सालको
विद्यार्थी आन्दोलन र २०३६ सालमा जनमत सग्रहको घोषणा पश्चात् ओखलढुंगाका
विद्यार्थीहरुलाइ संगठित गर्नका निम्ति नेपाली काङ्ग्रेसका युवा नेता गोपाल
राईले दाहाललाई नेविसंघ ओखलढुंगाको जिल्ला अध्यक्षको
जिम्मेवारी दिनु भएको थियो । त्यसपछि नेतृत्वमा रहदै आउनु भएका दाहाल २०३८ सालमा
पिपुल्स क्याम्पसमा स्वबियु सचिवको प्रत्यासी हुनु भयो भने २०४१ सालमा विश्वभाषा
क्याम्पसमा स्वबियुको उपसभापतिमा निर्वाचित हुनुभयो । २०४३ मा शंकरदेव क्याम्पसमा
नेबि संघको इकाई सभापति हुनुभयो भने २०४४ सालमा नेविसंघको केन्द्रीय सदस्य हुनुभयो
।
२०४६ सालमा बालकृष्ण
खाँडको नेतृत्वमा भएको नेविसंघ एक्सन कमिटीको सदस्यको रुपमा काम गर्नुभयो । र २०४६
सालको आन्दोलनताका मजदुर र कर्मचारीहरुलाइ
संगठित गर्दै आन्दोलन सफल बनाउन महत्वपूर्ण भुमिका निर्बाह गर्नुभयो । दाहाल २०५० सालमा नेपाली काङ्ग्रेसको सबैभन्दा
ठूलो र शक्तिशाली शुभेच्छुक सस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसको केन्द्रीय
उपाध्यक्ष निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा सहअध्यक्ष र २०७० सालमा
अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्ष भएपश्चात सबै ट्रेडयुनियनको पहलमा स्थापित
छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) को अध्यक्ष समेत हुनुभएको थियो । दाहालको
नेतृत्वमा रोजगारिको हक, संगठन गर्न पाउने हक, सामुहिक सौदाबाजी
गर्न पाउने हक, कानुन बमोजिम हड्ताल गर्न पाउने हक, सबैलाई सामाजिक
सुरक्षाको हक, योगदानमा आधारित सामाजिक सुरक्षाको हक, मर्यादित काम जस्ता श्रम सम्बन्धि
महत्त्वपूर्ण मुद्दाहरू संविधानमा समाबेश
भएका छन भने भने योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि ऐन तथा नियमावली जारी
भइ लागू भएको छ । यसैगरी श्री दाहाल करिब साँढे २ दशक नेपाली काङ्ग्रेसको महासमिति
सदस्य रहनुभयो । विभिन्न सामाजिक कार्यमा समेत संलग्न रहनु भएका दाहालको
नेतृत्वमा रोजगारी सिर्जनाका निम्ति ओखलढुंगामा
पारामेडिकल शिक्षालय समेत स्थापना गरि सन्चालन भएको थियो । चिकित्सा शिक्षा आयोगले
२०७८ साल देखि स्वास्थ सम्बन्धि प्राबिधिक एस एल सि का कार्यक्रमहरुलाई संचालन
गर्न स्विकृति नदिने निति अवलम्बन गरेपछी
हिमालयन पारामेडिकल शिक्षालय लगायत मुलुक भरीका करिब ३ सय ५० वटा स्वास्थ्य सम्बन्धी प्राबिधिक शिक्षालयहरु बन्द भएका छ्न ।
दाहालले
२०७७ सालदेखि करिब २ बर्ष नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा
प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षक हेर्ने निर्देशक समेत भएर काम गनुभएको थियो ।
उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन, बिश्व बैंक, अन्तरास्ट्रिय मुद्रा कोष, अन्तरास्ट्रिय ट्रेड
युनियन महासघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय संघ सस्थाहरुमा नेपाली
श्रमजीवीहरुको प्रतिनिधित्व गर्दै भाग
लिनु भएको थियो भने अमेरीका, ब्राजिल, जापान, दक्षिण कोरिया, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, स्पेन, पोर्चुगल, नेदरल्यान्ड, बेल्जियम, अस्ट्रिया, बेलायत, डेनमार्क, चीन, सिङापुर, थाइल्यान्ड, फिलिपिन्स, चीन, कतार, संयुक्त अरव इमिरेट्स, पाकिस्तान, बङलादेश, श्रीलंका, भारत लगायत बिश्वका
धेरै मुलुकको भ्रमण समेत गर्नुभएको छ ।
पार्टीमा विभिन्न पदमा रहेर काम गर्नुभएका दाहाल खसआर्य पुरुषको २ नम्बरमा
समानुपातिक उम्मेदवार सिफारीश हुनुभएको छ । यो पटक नेपाली कांग्रेसले सबै निर्वाचन
क्षेत्रमा एकल उम्मेदवार भएका कारण समानुपातिक मत बढ्ने भएकाले सासद बन्ने लगभग
पक्का जस्तै छ ।