पुस १ । जिल्ला समन्वय समिति
ओखलढुंगाका प्रमुख टेकराज भट्टराईद्वारा शहिदहरुको शालिकमा मालार्पण गर्नु भएको छ
। प्रजातान्त्रिक आन्दोलमा साहदत्त प्राप्त गर्ने बरुणेश्वर रामपुरका शहिदहरुको
शालिकका मालार्पण गर्नु भएको हो । पुस १ गते बरुणेश्वरको रामपुरमा रहेको शहिदपार्कमा
उपस्थित भई खादा माला र अबिर लगाई शहिदको सम्मान गर्नु भएको बताउनु भएको छ । पुस १
गतेलाई नेपाली कांग्रेसले कालो दिनको रुपमा मनाउने गरेकाले प्रजातन्त्र प्राप्तिका
लागि आफ्नो ज्यान बलिदान दिने महान शहिदहरुको सम्झना र सम्मान गर्ने गरेको प्रमुख
भट्टराईले बताउनु भयो । २०१७ साल पुस १ गते राजा महेन्द्रले जनताको सार्वभौमसत्ता
माथी आक्रमण गरी जनताको शासन खोसेको दिनलाई कांग्रेसले कालो दिनको रुपमा मनाउने
गरिएको बताउनु भयो । राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित
प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वको सरकारलाई अपदस्त गरी शासन सत्ता हातमा
लिएका थिए । यसै दिनलाई प्रजातन्त्र खोसिएको दिन कालो दिनको रुपमा लिने गरिएको
कांग्रेस नेताहरुले बताउने गरेका छन् ।
रामपुरस्थित शहिदपार्कमा शहिदहरु : लिलाराज दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल, पेशल कुमार दाहाल र गोकर्ण कार्कीको
शालिकमा खादा माला र अबिर लगाई सम्मान गरिएको हो । उहाँहरुलाई प्रजातन्त्रको
बारेमा ओकालत र आन्दोलमा लागेको आरोपमा २०३१ सालमा तत्कालीन राजाको सरकारले मृत्यु
दण्ड दिएको थियो