झगनखबर
माघ १८ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ६० जना फरार प्रतिबादी पक्राउ गरी अदालतमा पेश
गरेको छ । यो आर्थीक वर्षको ६ महिना भित्रमा फरार प्रतिबादीहरु पक्राउ गरी जिल्ला
अदालतमा पेश गरिएको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगा लाई आर्थीक वर्ष भित्रमा ५९ जना फरार प्रतिबादीहरु
पक्राउ गर्नुपर्ने लक्ष्य दिइएको थियो । तर जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ६
महिना अगावै ६० जना फरार अभियुक्त पक्राउ गरी लक्ष्य भन्दा बढी उपलब्धी प्राप्त गरेको
छ ।
जिल्ला प्रहरी
कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले शुक्रबार कार्यालयमै पत्रकार भेटघाट
कार्यक्रमको आयोजना गरी प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । सार्वजनिक प्रतिवेदनमा
गाली बेइज्जती मुद्धाका ६ जना, कुटपिट मुद्धाका ५ जना, बालयौन दुरुपयोग
मुद्धाका २ जना, अभद्र व्यबहार मुद्धाका २२ जना, हाडनाता करणी मुद्धाका १ जना, चोरी मुद्धाका २ जना, कर्तब्य ज्यान
मुद्धाका २ जना, केहि सार्वजनिक अपराध मुद्धाका २ जना, बाली लुटपिट मुद्धाका ४ जना, सवारी ज्यान सम्बन्धी
मुद्धाका २ जना, कुटपिट सहित लुटपिट मुद्धाका २ जना, लुटपिट मुद्धाका २ जना, जबरजस्ती करणी उद्योग
मुद्धाका १ जना, लिखित बदर मुद्धाका १ जना, बैंकिङ कसुर मुद्धाका १ जना, लिखित बेइज्जती
मुद्धाका १ जना, नक्कली प्रमाणपत्र (भ्रष्टचार) मुद्धाका १ जना, वन पैदावर
हानीनोक्सानी मुद्धाका १ जना, बहुविवाह मुद्धाका १ जना गरी जम्मा १९ वटा कसुर
मुद्धाका ६० जना फरार प्रतिबादी पक्राउ गरी अदालतमा पेश गरेको उल्लेख गरिएको छ ।
फरार प्रतिबादीहरु
मध्ये मोलुङ गाउँपालिका –६ का हाडनाता जबरजस्ती करणी मुद्धामा १० वर्ष १ महिना २२ दिन कैद सजाय र ३
लाख ३० हजार रुपैयाँ जरिवाना भएका फरार प्रतिबादीलाई समेत पक्राउ गरी अदालतमा पेश
गरिएको छ । पक्राउ गरिएका सबै प्रतिबादीहरुबाट ८ लाख ९५ हजार ७६६ रुपैयाँ ३३ पैसा
जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख
गरिएको छ ।