लैंगिक हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतीकरण कार्यक्रम नगरमा सम्पन्न


राजकुमार कार्की

 असार ५ । लैंगिक विभेदमा आधारित हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ ।  सिद्धिचरण नगरपालिकाका सबै वडाका वडा अध्यक्ष र दलित महिला सदस्यहरुलाई सचेतीकरण कार्यक्रम सम्पन्न गरिएको हो । युएनएफपिएको आर्थिक सहयोगमा सिएमसी नेपालले सिद्धिचरण नगरपालिकाको समन्वय र सहकार्यमा बिहिबार सन्पन्न भएको छ ।

 नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले लैगिक हिंसा न्युनीकरण गर्न महिलाहरुको आर्थिक शसक्तिकरण हुन जरुरी रहेको र पालिकामा लंैगिक हिंसा न्युनीकरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनु भयो । समाज रुपान्तरणका लागि सबै प्रकारका हिंसालाई न्युनीरकण गर्नु आवश्यक रहेको बताउदै, हिंसा न्युनीकरण गर्न बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नगर उपप्रमुख केदारबाबु बस्नेतले बजेट विनियोजन गर्ने बेलामा लैंगिक उत्तरदायी बजेट बनाउन झकझक्याउने खालको कार्यक्रमको अयोजना गरिदिएकोमा युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठलाई धन्यबाद दिदै, भइरहेको बजेटलाई स्पेशीफिक बजेट बनाउन समस्या नभएको बताउनु भयो ।       युएनएफपीएका कार्यक्रम संयोजक रेखा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा लैङ्गिक हिंसा यसका प्रकार, जीवन चक्रअनुसार लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको मुख्य कारणहरु नेपाल र विश्वमा लैङ्गिक हिंसाको परिदृष्य, लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नीतिगत ब्यवस्था , लैगिक हिंसा निबारण कोष र सुरक्षित आवासगृह र एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा तथा लैङ्गिक हिंसा सम्बन्धी नितिगत तथा कानुनी व्यवस्थाहरु लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो ।

सिएमसी नेपाल सहजकर्ता भलमान विकले  योजना र यसको महत्व, लैगिक उत्तरदायि बजेट निर्माणका प्रकृया र वर्गिकरण र संकेत, स्थानीय तहको योजना तथा बजेट तर्जुमाका चरणहरुबारेमा प्रष्ट पार्नु भएको थियो । सचेतीकरण कार्यक्रमको अन्त्यमा सबै वडाका प्रतिनिधिहरुले आर्थिक वर्ष २०८२÷०८३ को लागि लैगिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न कार्य योजना तयार पारेका थिए । उक्त कार्ययोजना अनुसार कार्यक्रम संचालन गर्नको लागि आवश्यक प्राविधिक सहयोग गर्ने युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठ प्रतिबद्ध रहेको बताउनु भयो ।

यौन तथा प्रजनन् स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्यका आयामहरू, यौन तथा प्रजनन स्वास्थ्यको महत्व, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यविद्यमान कानुनि व्यवस्था नेपालको संविधानमा स्वास्थ्य, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैगिक हिंसा र प्रजनन स्वास्थ्यको सम्बन्धबारेमा स्वास्थ्य शाखा प्रमुख आइत बहादुर राईले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सन्चालन महिला बालबालीका शाखा प्रमुख सरिता तामङले गर्नुभएको थियो । 

प्रतिक्रिया