राजकुमार कार्की
असोज ५ । एकद्वार संकट ब्यवस्थापन
केन्द्र (ओसीएमसी) को गुनासो सुनुवाइ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
युएनएफपीए र सिएमसी नेपालको आयोजनामा जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा आइतबार
छलफल गरिएको हो ।
युएनएफपीएको आर्थीक सहयोग सिएमसी नेपालको प्राविधिक
सहयोगमा जिल्ला अस्पताल रुम्जाटारमा (ओसीएमसी) सन्चालनमा रहेको छ । लैंगिक हिंसामा
परेका नागरिकलाई आवश्यक सहयोग गर्न स्थापना गरिएको उक्त केन्द्रलाई थप प्रभावकारी
बनाई सन्चालन गर्न छलफल कार्यक्रम गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले
बताउनु भयो । छलफलमा दुरदराजका नागरिकलाई सहज सेवा वितरण गर्न सकिने विषयमा पनि
छलफल भएको छ । गुनासो ब्यवस्थापनलाई सजिलो बनाउन, टोलफ्री नम्बर, छुट्टै इमेल र
रजिष्टरको ब्यवस्था गरिने निर्णय गरिएको छ । त्यसैगरी गठन भएको समिति, गुनसो ब्यवस्थापन
संयन्त्र र स्थानीयस्तरमा छलफल तथा अभीमुखीकरण गरिने निर्णय गरिएको छ ।
कार्यक्रममा प्राप्त सुझावलाई मध्यनजर गर्दै, गुनासोलाई सजिलो र सहज ब्यवस्थापन गर्न
पालिकाका न्यायिक समितिहरु सँग छलफल तथा समन्वय गरिने बताएका छन् ।
समग्र परियोजनाको बारेमा जानकारी, कार्यक्रमको उदेश्य, परियोजनाको कार्यक्षेत्र, हालसम्म भएका उलब्धी
र प्रगतिको बारेमा युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले प्रस्ट पार्नुभएको थियो
। ओसीएमसीको गुनासो सुनुवाई तथा ब्यवस्थापन निर्देशिकाको बारेमा सिएमसी नेपालकी
मनोसामाजिक संयोजक निशा दाहालले जानकारी गराउनु भएको सेफ हाउसकी इन्चार्ज धनकुमारी
थापाले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेख
बहादुर मगराती, जिल्ला समन्वय अधिकारी शान्ता कडरिया, प्रहरी नायव उपरिक्षक मदन केसी, शसस्त्र प्रहरी सहायक नायव उपरिक्षक महेश
विक्रम केसी, अनुसन्धान प्रमुख धर्मकान्त चौधरी सहित महिला विकास निरिक्षक कल्पना
आचार्य लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।