राजकुमार कार्की
भदौ १३ । युएनएफपीएको आयोजनामा
लैंगिक उत्तरदायी बजेट सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । मोलुङ
गाउँपालिकाका सबै वडाका अध्यक्ष र दलित महिला सदस्य बिचमा शुक्रबार अन्तरकृया
कार्यक्रम गरिएको हो । आर्थीक वर्ष ०८२÷०८३ का लागि गाउँसभाबाट पारित भएका लैंगिक
उत्तरदायी बजेटको बारेमा छलफल भएको थियो । गत असारमा लैंगिक बजेट विनियोजन गर्न
पालिकाका सरोकारवाला ब्यक्तिहरु सँग छलफल गरिएको थियो । सोई अनुसार यो आर्थीक
वर्षमा लैंगिक उत्तरदायी बजेटको अवस्थाको बारेमा छलफल भएको युएनएफपीएकी जिल्ला
संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रत्येक वडामा आर्थीक वर्ष ०८२÷०८३ मा वडा तथा
पालिकाले सन्चालन गर्ने महिला, बालबालीका
दलित, अपांतगता भएका ब्यक्तीहरुका लागि सन्चालन गरिने योजनाहरको लिष्ट समेत
बनाईको थियो । कार्यक्रममा लैंगिक हिंसाको अवस्थाको बारेमा संयोजक श्रेष्ठले
प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण पश्चात वडा अध्यक्ष र दलित महिला
सदस्यलाई परिषदबाट लक्षीत वर्गका लागि छनौट गरिएको योजना र उक्त योजना कार्यान्वयन
गर्न छुट्याइएको बजेटको बारेमा छलफल गरिएको थियो ।
पालिका अध्यक्ष उत्तम राईको अध्यक्षतामा
कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राईले, समाजमा भएको हिंसाले
निम्त्याएको प्रतिहिंसा झन विकराल भएर आएको बताउनु भयो । समाजिक सन्जालको
दुरुपयोगका कारणले पनि हिंसा बढ्न सहयोग पुगेको बताउनु भएको थियो ।
पालिका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष हेम सुनुवारले समाजमा हुने विभिन्न हिंसाका घटनालाई न्युनिकरण गर्न लागिरहेको बताउनु भयो । हिंसा सम्बन्धीका केशलाई कहाँ र को सँग समन्वय गर्दा सहज निराकरण गर्न सकिन्छ भनेर समन्वयात्मक भूमिका बाट काम गरिरहेको बताउनु भएको छ ।