नाबालीका करणी आरोपका ५९ वर्षीय पुरुष सहित दुईजना कारागार चलान


राजकुमार कार्की

ओखलढुंगा चैत २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अनिल मगर र निम बहादुर मगरलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत ओखलढुंगाको चैत २२ गतेको आदेशले मगरद्वयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । दुवैजनालाई नाबालीकालाई फरक फरक मितिमा जबरजस्ती करणी गरेको आरोप छ ।

१५ वर्षीय नाबालीकालाई फरक फरक मितिमा जबरजस्ती करणी गरेको आरोपमा फागुन ३० गते दुई पुरुषलाई  पक्राउ गरी अनुसन्धान गरिएको थियो । सिद्धिचरण नगरपालिका–६, निवासी २३ वर्षीय अनिल मगरले नाबालीकालाई फागुन ५ गते जबरजस्ती करणी गरेको आरोप छ ।   सोई वडाका ५९ वर्षीय निम बहादुर मगरलाई फागुन १५ गते सोई नबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीले दुवैजनालाई पक्राउ पश्चात आवश्यक अनुसन्धान गरी अदालतमा बुझाएको थियो । जिल्ला अदालत ओखलढुंगाले दुवै आरोपीलाई कारागरमा राखेर थप अनुसन्धान गर्न आदेश दिईएको छ । आरोपी दुवैजना मगरलाई जबरजस्ती करणी कसुरमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया