राजकुमार कार्की
असार ९ ।
जिल्लाको चिशंखुगढी गाउँपालिका–५, स्थित जाल्पा माध्यमिक विद्यालय कालिमाटी रातमाटेमा
अक्षयकोषको स्थापना गरिएको छ । ब्यक्तिगत
र सामुहिक गरेर ३७ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
चारवटा ब्यक्तिगत र एउटा सामुहिक अक्षयकोष गरी जम्मा ५ वटा अक्षयकोषको स्थापना
भएको प्रधानाध्यापक हेम बहादुर खड्काले जानकारी दिनुभयो ।
चित्रकमला जेहेन्दार छात्रबृति अक्षयकोष २ लाख २
हजार २ सय २२, कुमार इन्दिरा जेहेन्दार छात्रबृति अक्षयकोष १ लाख रुपैयाको ब्यक्तिगत
अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय पिता तुलसी प्रसाद खतिवडा स्वर्गीय माता
टुलकुमारी तथा चन्द्र कुमारी खतिवडाको संझनामा छोरा चित्रकुमार खतिवडा र बुहारी
कमला खतिवडाको सपरिवारबाट चित्रकमला जेहेन्दार छात्रबृति अक्षयकोषको स्थापना
गरिएको हो । त्यसैगरी स्वर्गीय पिता भीम बहादुर र स्वर्गीय माता यम कुमारी राउतको
संझनामा कुमार बहादुर राउत र बुहारी इन्दिरा राउत को सपरिवारबाट कुमार इन्दिरा
जेहेन्दार छात्रबृति अक्षयकोषको स्थापना गरिएको हो । जाल्पा मा. वि. विद्यार्थी कल्याणकारी सामुहिक अक्षयकोष ३२ लाख स्थापना गरिएको छ । २ वटा ब्यक्तिगत र एउटा
सामुहिक अक्षयकोष २०८१ स्थापना भएको छ ।
२०७२ सालमा
नरसिंहजानकी छात्रबृति १ लाख र केशव कोइराला स्मृति छात्रबृति १ लाखको अक्षयकोष
स्थापना भएको थियो । धरान बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पो. कुमार
बहादुर कार्कीले आफ्ना स्वर्गीय बुवाआमाको सम्झनामा नरसिंह जानकी छात्रबृति स्थापना गर्नु भएको
थियो भने शहिद केशव कोइरालाकी छोरी समिता कोइरालाले स्वर्गीय बुवाको सम्झनामा केशव
कोइराला स्मृति छात्रबृति अक्षयकोषको स्थापना गर्नुभएको विद्यालय परिवारले जानकारी
दिएका छन् ।
सामुहिक अक्षयकोषमा ३
सय ९२ जनाले रकम जम्मा गरेका छन् । १ हजार देखि १ लाख ६० हजार ५ सय ३१ रुपैया सम्म
रकम जम्मा गरेका छन् । सबैभन्दा बढी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष
रामचन्द्र कार्कीले जम्मा गर्नु भएको छ । उहाँले आफ्नो जन्म मितिको अंकलाई मिलाएर
रकम जम्मा गर्नुभएको छ । उहाँको जन्ममिति
२०१६।०५।३१ अर्थात २०१६ साल भदौ ३१ गतेलाई मिलाएर १ लाख ६० हजार ५ सय ३१ रुपैया
जम्मा गरेको अध्यक्ष कार्कीले जानारी दिनुभयो ।
अध्यक्ष कार्कीको
अग्रसरतामा सामुहिक अक्षयकोषको अभियान शुरु गरिएको थियो । फागुन ५ देखि जेठ ५ गते
सम्म तोकीएको मितिमा इच्छुक नागरिकलाई अक्षयकोषका लागि रकम जम्मा गर्न अनुरोध
गरिएको थियो । चिशंखुगढी गाउँपालिका वडा नं ४ र ५ का नागरिकलाई लक्षित गरेर
अभियानको शुरुवात गरिएको थियो । चिशंखुगढी गाउँपालिका– ४ र ५ मा स्थानीय
रुपमा बसोबास गर्ने र बसाई सरेर अन्यत्र गएका नागरिकहरुबाट स्वतस्फुर्त रुपमा रकम
जम्मा गर्न अनुरोध गरिएको थियो । तीन महिनाको समय अवधीमा ३२ लाख रकम जम्मा भएको
थियो । तोकीएको समयअवधी भित्र ल्याएको रकम मात्र समाबेश गरिएको थियो । तोकीएको
सयमअवधी भन्दा पछाडी जम्मा गर्न ल्याएको
रकम जम्मा नगरेको अध्यक्ष कार्कीले बताउनु भयो । गैरआवसीय नेपाली संघ बाट
पनि २ लाख बराबरको २ वटा ल्यापटप र २ वटा प्रोजेक्टर सहयोग गरिएको थियो ।
अक्षयकोषको रकमको ब्याजबाट प्राप्त भएको रकमले जेहेन्दार विद्यार्थीलाई पुरस्कार, छात्रबृति लगायत अन्य
अतिरिक्त कृयाकलाप गरिने विद्यालय परिवारले जानकारी दिएको छ ।
आइतबार विद्यालयको
६७औँ वार्षिकोत्सवको अवसरमा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने नागरिकलाई कदरपत्रले
सम्मान गरिएको थियो । कोशी प्रदेशका पूर्वमुख्य मन्त्री केदार कार्कीको प्रमुख
आतिथ्य तथा कोशी प्रदेश पूर्व स्वाथ्यमन्त्री एवं ओखलढुंगा प्रदेश क का प्रदेश सभा
सदस्य प्रदिप कुमार सुनुवारको विशेष आतिथ्यता र
जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, चिशंखुगढी
गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, उपाध्यक्ष सन्तोषबाबु थापाको आतिथ्यतामा
शिक्षक,
विद्यार्थी अविभावकको
उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्य मन्त्री
कार्कीले आफुले अध्ययन गरेको विद्यालय र आफु हुर्केको समाजलाई सहयोग गर्नुपर्छ
भन्ने शिक्षा दिदै यो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाइ धन्याबाद ज्ञापन
गर्नुभएको विद्यालयले जानकारी दिएको छ ।