संरक्षण विहिन सुस्त बालबालीकालाई नगरपालिका द्वारा राहत वितरण


ओखलढुंगा ४, फागुन । सिद्धिचरण नगरपालिका ओखलढुंगाले अविभावक विहिन सुस्त बालबालिकालाई राहत वितरण गरेको छ । वडा नं. ३ स्थित अधेँरीनारायणस्थानका एकै परिवारका ४ जना सुस्तमनस्थिती भएका बालबालीकालाई राहत वितरण गरिएको हो । संरक्षण विहिन बालबालीका  छोरी  सान्तोषी राई,  र तिन छोरा : शन्त राई, राज राई  जीवन राई रहेका छन् । उनिहरुका आमाले तिन, चार वर्ष पहिले नै छोडेर हिडेकी थिइन् । आमाले छोडेर हिडेपछि बाबु सँग बस्दै आएका ति बालबालीकाका बाबु करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा हिरासतमा छन् ।  बालबालीकालाई अहिले काकाले भरणपोषण गर्दै आएका छन् । फागुन ३ गते बुधबार नगरप्रमुख तेजेन्द्र खनालले खाद्यान्न ( चामल, नुन, तेल) सहयोग गर्नुभएको छ  । साथै उहाँले, चिकित्सक सँग समन्वय गरि बालबालीकालाई  कुन वर्गको अपाङ्गता परिचय पत्र दिन मिल्ने हो, सोही अनुसारको अपाङ्गता परिचय पत्र बनाई भत्ता उपलब्ध गराउने बताउनु भयो । सुस्त मनस्थिती भएकाले उनिहरुलाई भरण पोषण गर्न पनि सजिलो नभएको स्थानियले बताएका छन् । चारै जना एकोहोरो हिडिराख्ने, जता गयो उतैमात्र गाइराख्ने, फर्किन नजान्ने छन् ।

सुस्तमनस्थिति भएका संरक्षणविहिन तिन बालक:



प्रतिक्रिया