सिद्धिचरण नगरपालिकाले शनिबार पनि कार्यालय सन्चालन गर्ने


ओखलढुंगा असार २० । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले शनिबार पनि नागरिकलाई सेवा दिने भएको छ । सन्चालित योजना तथा कार्यक्रमको अन्तिम भुक्तानीको समय भएकाले शनिबार पनि सेवा दिने भएको हो

स्वीकृत वार्षिक कार्यक्रम तथा योजनाको अन्तिम भुक्तानी असार २४ गते सम्म मात्रै हुने भएकाले नागरिकको सहजका लागि शनिबार पनि सेवा दिन लागिएको नगर प्रमुख तेजन खनालले जानकारी दिनुभयो ।  शुक्रबार नगरपालिकाले सुचना जारी गर्दै २१ गते शनिबार कार्यालय नियमित सन्चालन गरिने जनाएका छन् । स्वीकृत कार्यक्रमको भुक्तानी लिन बाँकी रहेका नागरिकलाई सहज रुपमा भुक्तानी दिने ब्यवस्था मिलाउनको लागि शनिबार पनि कार्यालय सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले बताउनु भयो ।


प्रतिक्रिया