मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
२०८१ सालमा मेष राशि हुनेहरूका लागि शुभ फलदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग रहेकोछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । व्यवसायीका सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । राहुले भने अनावश्यक झमेलामा पार्नसक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । पहिरन, स्टेसनरी, प्रेस, तथा स्वास्थ्य
व्यवसायीलाई राम्रो फाइदा हुनेछ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने
छैन । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको
कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले
असार, माघ र फाल्गुन महिना
बलियो रहनेछ भने जेठ, मङ्सिर र पुष महिना कमजोर रहनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा
परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् , तर जन्मकुण्डलीमा
सप्तमेस कमजोर हुनेहरूलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मनमुटाब समेत बढ्न
सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ । टाढिएका मित्रसँग
पुन: सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।
शिक्षा
वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति
पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । मंसिर महिनाबाट भने
पढाईमा राम्रो हुनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई राम्रै सफलता मिल्नेछ ।
आई. टी., स्वास्थ्य, प्राविधिक र
इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको शैक्षिक यात्रा तय
हसक्नेछन् ।
पेशा/रोजगार
स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ
। शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ ।
रोजगारकालागि विदेश जानेहरूका लागि राम्रो छ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले
राज्यबाट मान सम्मान पाउनेछन् । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै
हुनेछ ।
स्वास्थ्य
घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । सानातिना चोट- पटकको भय
रहनेछ । हृदय तथा मानसिक समस्या आउनसक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु
उचित होला ।
शुभ रङ्ग
पर्पल हरियो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ५, ७, र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । आइतबार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक आइतबार निमुखा पशु पक्षीलाई खानेकुरा दिने । आइतबार कै दिन वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ ।
राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक
कार्यमा सफलता मिल्नेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । केतु
प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म
कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन । वृष
राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । अत: वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ
।
व्यापार/व्यवसाय
यसवर्ष व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो
नरहन सक्छ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । कृषि, पशु, इलेक्ट्रोनिक र
कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि
समय ठिकै छ । खाद्य पदार्थको लगानी त्यति फलदायी नहोला । आर्थिक दृष्टिले जेठ, साउन र फाल्गुन
महिना बढी राम्रो रहनेछ ।
प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक
रहेको छ । प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । आफ्नो कामको
सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्नेछ । शत्रुसँग सम्बन्ध भने सुल्झन सक्छ ।
शिक्षा
यो वर्ष पढाई लेखाइको लागि विदेश जाने योग छ । विदेश जाने विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क हासिल गर्न सक्छन् । व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । भाषा, कृषि र वाणिज्य विषय भने कमजोर रहन सक्छ ।
पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहिनेत र सङ्घर्ष
गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । यो
वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । राजनैतिक
क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने
व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ, तर अपजसको सामना भने गर्नुपर्ला
स्वास्थ्य
आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु
पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ । वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार
आउने र पुराना रोग कम हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र
योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।
शुभ रङ्ग
सेतो, पर्पल, रातो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ५, ७ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न प्रत्येक शनिबार संकटा
मन्दिरमा बत्ति बाल्ने । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा
वृद्धि हुनेछ । बृहस्पति, केतु र शनिको शान्ति गर्ने र शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि
गरेको कार्यबाट लाभ मिल्नेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि
दुर्गाजीको स्मरण गर्नाले पनि अधिक सफलता मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
मिथुन राशिका जातकहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ, मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । वर्षको मध्यमा मनमा चिन्ता बढे पनि मान सम्मान पाइनेछ ।
व्यापार/व्यवसाय
। यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । आस
मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पशु, कृषि, घरजग्गा, शृंगार र सेयरबजारबाट सफलता मिल्नेछ । तरल
पदार्थ र खाद्यान्नको कारोबारमा मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना
लाभदायक रहनेछ ।
प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम
नै रहनेछ साथै दाम्पत्य जीवनमा पनि माध्यम नै रहनेछ । टाढिएका व्यक्ति नजिकै
हुनसक्छन्, तर प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी
हुनसक्छ, अत: पूरा कुरा बुझेर
मात्र अघि बढ्नु होला । असोज र माघ महिनामा भने प्रेम प्रस्ताव आउनसक्छ, साथै प्रेमी
जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।
शिक्षा
यो वर्ष अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । वाणीमा लगाम
लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले
भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढाउ सक्छ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो
हुनेछ, तर उत्तरार्धमा
रिजल्ट त्यति अनुकुल नहोला । इन्जिनियरिङ् तथा आई. टी. विषयका विद्यार्थीहरूलाई
अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि बढी संघर्ष गर्नु पर्ला
।
पेशा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आएपनि आर्थिक पक्ष सुदृढ
रहनेछ । साउन महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । नयाँ कार्यको
थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । सरकारी कर्मचारीहरूले
सजगता अपनाउनु पर्नेछ, अन्यथा कानूनी झमेला आउन सक्छ र राजनैतिक क्षेत्रमा पनि विविध
समस्या र संघर्ष खेप्नु पर्ला ।
स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । वायुविकार, आँखा र टाउकोको
समस्या बढ्न सक्छ र दीर्घकालीन औषधी सेवनको सम्भावना रहन्छ । पाचन प्रणाली र रोग
प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । आफन्त
र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ ।
शुभ रङ्ग
रातो, गुलाबी, निलो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ५ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न विष्णु भगवानको दर्शन, पूजा र आरधना
गर्नाले राम्रो हुन्छ । विहीबार वा अन्य दिनमा भएपनि केराको वृक्षारोपण गर्दा
भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । असहायलाई खुसी
पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि
ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । आफ्नो जन्म बारमा सात्विक खाना खाने र
कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक
राम्रो हुनेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
कर्कट राशि भएका व्यक्तिहरूका
लागि यो वर्ष शुभ रहनेछ । वर्षभरि नै बृहस्पति र केतुले धनार्जनका नयाँ श्रोत र
अवसर मिल्नेछ । शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक
कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय
प्राप्त हुनेछ । शनि र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ ।
व्यापार/व्यवसाय
व्यापार
वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । वैदेशिक क्षेत्रमा लगानीका
लागि समय राम्रो छ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट
भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला ।
आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना बढी
सकारात्मक हुनसक्छ ।
प्रेम/सम्बन्ध
यो वर्ष
घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत
बनाउनेछ । शत्रुसँगको सम्बन्ध सुल्झन सक्छ । प्रेम सम्बन्धको लागि नयाँ प्रेम
सम्बन्ध स्थापित पनि हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट
केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ ।
शिक्षा
यो वर्ष
शिक्षाको लागि सफल र फलदायी नै रहने भएकाले नतिजा राम्रो पाइनेछ । प्राविधिक र
व्यवस्थापनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । पढाई लेखाइको लागि
विदेश जाने योग पनि छ । सामाजिक व्यवस्थापन, टेक्निकलका विद्यार्थीहरूलाई
भने यो वर्ष कमजोर सावित हुनसक्छ ।
पेशा/रोजगार
यो वर्ष
नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ । वैदेशिक रोजगारीको लागि भने त्यति
राम्रो हुने देखिन्न । सुरक्षा, शिक्षा तथा राजनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो
हुनेछ, तर
अपजसको सामना भने गर्नुपर्ला । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध
व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ ।
स्वास्थ्य
वर्षको
सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ, तर उत्तरार्धमा स्वास्थ्यमा
सुधार आउने र पुराना रोग काम हुन सक्छ । राहु र शनिको कारणले शरीरले दु:ख पाउने र
घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । स्वास हड्डी, प्रस्वास र वायु विकारको समस्या
बढ्न सक्ने भएकाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
शुभ रङ्ग
पहेँलो, हरियो, खैरो र पर्पल शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ६, र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
बिहीबार
विष्णु भगवानको दर्शन, पूजा, आरधना र उपासना गरि गरेको
कार्यबाट अधिक लाभ मिल्नेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा
गर्ने र आफ्नो पितृ देवताको स्मरण गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीबार विष्णु
भगवानको मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र
राहुको शान्ति गर्ने साथै पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिका जातकका लागि
समग्रमा २०८१ साल त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी
नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु
पर्ला, तर यदि
जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन ।
राम्रो ग्रहले उच्च पद, प्रतिष्ठा
र शुभ फल दिनेछन् । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ ।
व्यापार/व्यवसाय
यो वर्ष
आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट
नोक्सानी हुन सक्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ
। यदि जन्म कुण्डलीमा बृहस्पति र शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने बृहस्पति र
शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी र
शैक्षिक क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक र फागुन महिनामा अधिक
लाभ मिल्नेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष
प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र
सत्यताको आवश्यक पर्दछ अन्यथा यसपालि प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा
मनमुटाव आउने र आफन्त पनि टाढिन्छन् । अत: नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ, तर जन्मकुण्डलीमा सप्तम भावको
पोजिसन राम्रो भए आफ्नो अनुकूलताको शुभ फल पाइनेछ ।
शिक्षा
यो वर्ष
राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । स्वदेश तथा विदेश टाढिएर
पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका
विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास
आउनसक्छ । असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ ।
पेशा/रोजगार
कार्य
क्षेत्रमा शत्रुबाधा हुनसक्छ । पेशा वा रोजगार वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु
पर्ला । दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको
सम्भावना पनि रहेको छ । असोज महिनामा भने कमहरू अधुरै रहन सक्छन् ।
स्वास्थ्य
यो वर्ष
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो
नोक्सानी बेहोर्नु पर्ला । टाउको र आँखाको समस्या बढ्नसक्छ । रक्तसञ्चार, नसा, परिवारको स्वास्थ्यमा धन खर्च
बढ्नसक्छ, मानसिक
चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता अपनाउनु पर्नेछ ।
शुभ रङ्ग
रातो, खैरो, कालो र सेतो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ६ र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक
विहीबार लक्ष्मीनारायणको र शनिवार हनुमानजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह
पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, अपाङ्गहरूलाई सहयोग गर्ने, ग्रह शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा
कमभई अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको
आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
कन्या राशि हुनेहरूका लागि २०८१ साल
दुखदायी नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले आँटेको र गरेको
कार्यबाट सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घरपरिवारमा
माङ्गलिक कार्य आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ ।
अकस्मात् सफलता मिल्ने र भाग्यमा वृद्धि हुनेछ । आर्थिक र वैदेशिक क्षेत्र पनि सबल
हुनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । वैदेशिक लगानी र
वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । उधारो र पुरानो ऋण तिर्न
सकिनेछ । स्वास्थ्य तथा हार्डवेयर व्यवसाय फस्टाउनेछ । सेयरको कारोबार भने
सूझबुझमा भर पर्छ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख, श्रावण र मंसिर
महिनामा आर्थिक लाभ राम्रै मिल्नेछ ।
प्रेम/सम्बन्ध
सम्बन्ध सामान्य नै रहनेछ । वर्षको पूर्वार्द्धमा प्रेम
प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अतः प्रेममा सफलता प्राप्तगर्न धैर्य र सत्यताको आवश्यक पर्दछ ।
वर्षको उत्तरार्धमा भने प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै
प्रगाढ हुनेछ । कसै कसैले जन्मकुण्डलीमा गणगुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई
विवाहमा परिणत गर्न सकिन्छ ।
शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल
गर्न सक्छन् । गणित र व्यवस्थापन क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् ।
स्वदेश विदेश पढ्न गएका विद्यार्थीहरूलाई भने शैक्षिक क्षेत्रबाट सोचे अनुरूप
सफलता नमिल्नसक्छ । शैक्षिक क्षेत्रबाट असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष प्रतिश्पर्धिरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा
ल्याउन सकिनेछ । कलाकारिता र प्राविधिक पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै
राम्रो हुनेछ । प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ ।
नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असार र साउन
महिनामा अधिक सफलता मिल्नेछ ।
स्वास्थ्य
यो वर्ष टाउको तथा आँखाको समस्या बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ । रक्तचाप र हृदय, नशा र हड्डीको समस्या पनि बढ्न सक्छ । अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ ।
शुभ रङ्ग
हरियो, पहेँलो, कालो र पर्पल शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ५, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार भैरवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई
शुभ फल मिल्नेछ । हनुमानजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले पनि राम्रो हुनेछ । राहु र
केतुको जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र
सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म
गर्नुपूर्व या यात्रामा जानु अघि भैरवजी या शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशि हुनेहरूका लागि यो
साल मिश्रित फलदायी रहनेछ । यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ ।
चमत्कारी ढङ्गले सफलता मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई
गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय
रहनेछ । गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ तर यदि जन्म कुण्डलीमा उच्च
तथा स्वगृह, मित्रगृह
ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
यो वर्ष
व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ ।
नगद सापटीको काम पनि नगरेकै राम्रो हुनेछ । एजेन्ट, सजावटी, जग्गा जमिन र मोटरगाडीबाट ठीकै
लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ
। व्यवसायीका दृष्टिले साउन, कार्तिक र माघ महिनामा बढी लाभ हुनेछ ।
प्रेम/सम्बन्ध
प्रेम र
मित्रताको बन्धन सामान्य रहनेछ । प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन
जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव
कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु
पर्ला । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि
बिग्रन सक्छ ।
शिक्षा
यो वर्ष
शैक्षिकक्षेत्र मिश्रित फलदायी रहनेछ । विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई
बढी सफलता मिल्नेछ । भाषा, स्वास्थ्य
विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष
त्यति राम्रो देखिन्न, अत:
विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । अन्य विषयका विद्यार्थीहरूलाई
पढाईलेखाईमा बाधा आउनसक्छ ।
पेशा/रोजगार
यो वर्ष
नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगारबाट
राम्रो सफलता मिल्नेछ । सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी
सफलता मिल्नेछ । इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ ।
पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।
स्वास्थ्य
यो वर्ष
स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु
पर्ला, त्यसैले
खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । नासा तथा प्रजननमा
पनि सामान्य समस्या बढ्न सक्छ ।
शुभ रङ्ग
गुलाबी, सेतो ,पहेँलो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ५ , ६ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक
शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ ।
असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्ने र प्रत्येक दिन आफ्नो इष्ट
देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्मवार शाकाहारी
भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य
बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
वृश्चिक राशि हुनेहरूका लागि यो वर्ष शुभ
फलदायी रहनेछ । बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ ।
विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ ।
राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, शत्रु बाधा, काम बिग्रने र
चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि
शुभ फल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
यो वर्ष कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । ठेक्कापट्टा, सेवामुलक व्यवसाय, एजेन्ट, जग्गा जमिन र
मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट
राम्रो आम्दानी हुनेछ । आर्थिक दृष्टिले असार र मंसिर महिनामा बढी फलदाई हुनेछ ।
प्रेम/सम्बन्ध
प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू
पनि सिर्जना हुनसक्छ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक
देखिन्छ, अन्यथा जुनसुकै
सम्बन्ध पनि बिग्रन सक्छ । असारबाट पुराना र टाढिएका मित्रसँग सामीप्यता बढ्नेछ ।
दाम्पत्य जीवनमा केही मतभेद भए पनि माया एवं समझदारी भने कायम नै रहनेछ ।
शिक्षा
यो वर्ष अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । विज्ञान र
शिक्षाशास्त्र, स्वास्थ्य, आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ ।
वर्षको मध्यबाट शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, जति पढे पनि स्मरण गर्न गाह्रो हुने र
पढाईमा ध्यानाकर्षण नहोला । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक सफलता
मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष नयाँ नयाँ काम वा रोजगारको अवसर मिल्ने र पदोन्नति हुने
योग रहेको छ । मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो
समर्थन प्राप्त गर्नेछन् । सञ्चार र सौन्दर्य पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक
सफलता मिल्नेछ । शेयर बजार र संयुक्त रुपमा गरिएको लगानी भने फलदायी नहुन सक्छ ।
स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । शनिको अढैयाले गर्दा
यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । यो वर्ष प्रजनन, छाला र आँखाको
समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । नयाँ
रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम
गर्नु बुद्धिमानी हुनेछ ।
शुभ रङ्ग
रातो, नीलो, हरियो र पहेँलो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ५, ७, र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि गराउनको लागि राहु, केतु र शनिको ग्रह
शान्ति, जप, पाठ र पूजा गर्नाले
भाग्यमा वृद्धि हुनेछ । शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना
गर्नाले पनि चाँडै सफलता अवश्य पाइनेछ । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको
उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र वृक्षारोपण गर्नाले पनि
भाग्यमा वृद्धि हुनेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
धनु राशि हुनेहरूका लागि २०८१
साल मध्यम रहनेछ । शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । शनिको
प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा
समेत हुनेछ, देवगुरु
बृहस्पति, राहु र
केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्नसक्छ । जन्म
कुण्डलीमा बृहस्पति र राहु ग्रह बलवान हुने हरूले भने ग्रहको नराम्रा फलको सामना
गर्नु पर्दैन ।
व्यापार/व्यवसाय
यसवर्ष
व्यापार व्यवसायमा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा
लाभ मिल्नेछ, तर आफन्त
सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी पनि निकै राम्रो
रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ
। आर्थिक दृष्टिले साउन, कार्तिक
र फाल्गुन महिना बढी राम्रो रहनेछ ।
प्रेम/सम्बन्ध
प्रेम
सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । प्रेमी वा
प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र
फुर्सदमा पछुताउनु पर्ला । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने
बाध्यता आउनसक्छ । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर
गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।
शिक्षा
अध्ययन
अध्यापनमा सफलता मिल्नेछ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक
क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । शोध, स्वस्थ, प्राविधिक र इन्जिनियरिङका
शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् । शैक्षिक
क्षेत्रबाट जेठ, असोज र
चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो
वर्षको ग्रह गोचर हेर्दा धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने
र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । असारबाट नयाँ जागिर वा रोजगारको
अवसरले पछ्याउनेछ । ठेक्का पट्टा र दलाली काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो
सफलता मिल्नेछ । राहु र केतुको कारणले भने विद्या र बुद्धिमा केही कमजोरी हुनसक्छ
।
स्वास्थ्य
स्वास्थ्यमा
समस्या बढ्न सक्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । हात
गोडामा चोट लाग्न सक्छ । नासा तथा ग्यास्टिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ ।
प्रजनन र हड्डीमा समस्या देखिन सक्छ, तर राम्रो स्वास्थ्यको लागि
खानपिन र व्यायामको नियमित अभ्यास गर्नुहोला ।
शुभ रङ्ग
घ्यू
रङ्ग, सेतो, पहेँलो, गुलाबी, निलो र हरियो शुभ रङ्ग हो ।
शुभ अङ्क
३, ६, ७ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा
गौ सेवा
या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । ग्रह पीडाबाट बच्न देवगुरु
बृहस्पति, राहु र
केतुको ग्रहशान्ति गराउँदा राम्रो हुनेछ । दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा
कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको
वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मकर राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ ।
वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ ।
शुभ, धार्मिक यात्रा र
मङ्गल कार्यको योग पनि रहनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र
खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । केतु र शनिको साढेसातीले भने
चिन्ता, नोक्सानी र
कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ अत: मिश्रित फल पाइनेछ ।
व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अत: बुद्धिले
काम गर्दा फाइदा मिल्नेछ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ
। तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको काममा
भने विवाद बढ्न सक्छ, सेयर बजार अन्तर्गत बीमा क्षेत्र पनि त्यति राम्रो नहोला ।
आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।
प्रेम / सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन्, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।
शिक्षा
यो वर्ष मकर राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार
आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पढाई लेखाइको लागि विदेश जाने योग पनि
छ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । चिकित्सा र डिजाइनका
विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ
।
पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ ।
अपजसको सामना गर्नुपर्ला । लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अत: लगानी गर्नु
पूर्व विचार गर्नु पर्छ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । केतु र शनिको
नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा
पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।
स्वास्थ्य
यो वर्ष शनि र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।
प्रजनन, पेट र नसाको समस्या
बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको
स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । वायु विकारका साथै रक्त सम्बन्धी समस्या
बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । अत: खानपिनमा
सावधानी अपनाउनु होला ।
शुभ रङ्ग
सेतो, पर्पल, रातो, र निलो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ६ र ८ शुभ अङ्क हो ।
दर्शन / पूजा / उपाय
ग्रह पीडा कमगर्न शनि र केतु सहित नवग्रह
शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले
राम्रो हुन्छ । प्रत्येक शनिबार असहायलाई सहयोग गर्दा पनि राम्रो हुनेछ । जन्मदिन
वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट
सफलता मिल्दै जानेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको
स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
कुम्भ राशिका जातकका लागि समग्रमा २०८१ साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ, तर नयाँ ठाउँमा
लगानी नगरेकै जाती हुनेछ । स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट पनि राम्रो
प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ
। व्यवसायी दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र महिना राम्रो हुनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष दाम्पत्य जीवनमा सामान्य उतारचढाव आउनसक्छ । प्रेम
प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको
आवश्यक पर्दछ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा
सप्तम भाव बलियो भएका व्यक्तिहरूले मात्र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न
सकिन्छ ।
शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला ।
मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन
विषयका विद्यार्थीहरू बढी लाभ हुनसक्छन् । वैशाख र जेठ महिनामा विद्यामा ह्रास
आउनसक्छ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न सकिएला ।
पेशा/रोजगार
पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ र अबजस आइलाग्न
सक्छ । कल कारखाना र व्यापार व्यवसायमा खासै राम्रो हुनेछैन । पर्यटन र प्राविधिक
क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । पत्रकारिता र वैदेशिक
रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ । साउनबाट नयाँ जागिरको अवसर मिल्नेछ
र वैदेशिक रोजगारको सम्भावना रहेको छ ।
स्वास्थ्य
यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर परिवारको स्वास्थ्य, औषध र उपचारमा धन
खर्च हुनसक्छ । रक्तसञ्चार, वायु विकार, टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा
धन खर्च बढ्नसक्छ, उचित परामर्श र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
शुभ रङ्ग
गुलाबी, निलो, सेतो, पर्पल र रातो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक मंगलबार गणेशजीको दर्शन पूजा, आराधना एवं पूजा
गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो
हुनेछ । मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । आफ्नो जन्म दिनमा अशक्तलाई साथ, सहयोग सहित भोजन
गराउनाले पनि ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या
यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन या पूजा गर्नाले गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
मीन राशि हुनेहरूको लागि यो वर्ष शुभ नै
रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ । कुनै कुराले अनुहारमा कान्ति र
मनमा शान्ति मिल्नेछ । आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत
हुनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । तर जन्म कुण्डलीमा शनि, बृहस्पति, राहु तथा केतु कमजोर
हुनेहरूले भने दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा
ह्रास आउनसक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष आर्थिक धन फस्न सक्छ ।
वैदेशिक र शिक्षाक्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर धातु, स्वास्थ्य र
जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ । सेयर बजारमा पनि त्यति राम्रो नहोला ।
आर्थिक दृष्टिले जेठ, असोज र माघ महिना बढी सकारात्मक हुनसक्छ ।
प्रेम/सम्बन्ध
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी
देखिनसक्छ साथै प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । पैसाको
कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । शुभ तथा माङ्गलिक कार्यले
विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । वर्षको अन्त्यमा भने प्रेम
सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि
रहेको छ ।
शिक्षा
शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो
नतिजा पाइनेछ । पढाईको सिलसिलामा विदेश जानेले राम्रो सफलता पाउनेछन् । शोध, चिकित्सा र आई.
टी.का विद्यार्थीहरूलाई पढाईलेखईमा बढी सफलता मिल्ने देखिन्छ ।
पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग
रहेको छ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको
कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक, राजनैतिक तथा
कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने
गर्नुपर्ला ।
स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । घरपरिवारको
स्वास्थ्यमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले
औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।
शुभ रङ्ग
पहेँलो, हरियो, पर्पल, रातो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ४, ८ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक सोमबार शिवजीको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र
भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले र
असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण
गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु
अघि शिवजीलाई स्मरण गर्नाले राम्रो हुनेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल
तपाईको राशिफल जे जस्तो भएपनि तपाईको यो वर्ष शुभ वितोस
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
हाम्रो पात्रोबाट