भदौ २२ । लैंगिक हिंसा रोकथाम तथा
प्रतिकार्य सम्बन्धी पालिकास्तरीय समन्वय बैठक लिखु र खिजीदेम्बामा सम्पन्न भएको छ
। युएनएफपीएको आर्थीक सहयोगमा सिएमसी नेपालको आयोजनामा बैठक सम्पन्न भएको हो ।
लिखु गाउँपालिकामा शुक्रबार र खिजीदेम्बामा शनिबार सम्पन्न भएको छ । दुवै पालिकामा
विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु र
दलित महिला सदस्य लगायत सरोकारवालाहरुको
उपस्थितिमा कार्यक्रम गरिएको थियो । ओसीएमसी र सेफ हाउसको दिगोपनाका लागि
कार्यक्रमको आयोजना गरिएको युएनएफपीएकी
जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
परियोजनाको बारेमा र समग्र लैंगिक हिंसाको
अवस्थाको बारेमा संयोजक श्रेष्ठले प्रष्ट पार्नुभएको थियो भने सेफहाउसको सन्चालनको बारेमा सेफ हाउस इन्चार्ज
धनकुमारी थापाले प्रष्ट पार्नुभयो । त्यसै गरी
भावी कार्ययोजनाको तथा प्रजनन् स्वास्थ्यको विषयमा सिएमसी नेपालका प्रदेश स्वास्थ्य संयोजक घनश्याम
शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । लैंगिक हिंसा न्युनीकरणमा मेडीयाको
भूमीकाको बारेमा पत्रकार राजकुमार कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
लैंगिक हिंसाको क्षेत्रमा महिला बढी
प्रभावित हुने गरेको बताउदै हिंसा न्युनीकरण गर्न आवश्यक काम गर्न तत्पर रहेको
लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो ।
सेफहाउस र ओसीएमसी सन्चालन गर्न जिल्लास्तरीय बैठकले निर्धारण
गरेअनुसारको बजेट सिद्धिचरण नगरपालिकाको खातामा जम्मा गर्ने लगायतका निर्णहहरु
गरिएको छ । त्यसैगरी पालिकास्तरीय ओसीएमसी कार्ययोजना मस्यौदा तयार गर्न ३ सदस्यीय
समिति गठन गरिएको छ । दुवै स्थानीय तहमा तपशिल अनुसारको समिति गठन समेत गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख : संयोजक
महिला शाखा प्रमुख सदस्य
शिक्षा शाखा प्रमुख : सदस्य
गठित समितिले असोज ५ भित्रमा मस्यौदा तयार पारी पेश गर्नुपर्नेछ ।
