उच्च पुरुस्कार राशीसहित सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिताको आयोजना


 बैशाख १७ । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका  सिद्धिचरण नगरपालिकाको आयोजनामा उच्च पुरुस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ । बैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म प्रथम मेयरकप खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने भएको हो ।

टिम दर्ता बैशाख २८ गते दिनको ४ बजेसम्म सिद्धिचरण नगरकार्यपालिकाको कार्यालयमा गर्न सकिनेछ । टिम दर्ता शुल्क रु ५ हजार प्रतिटिमको लाग्ने आयोजकले जानकारी दिएका छन् ।

खेलमा प्रथम द्वितिय हुनेहरुलाई क्रमश रु २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११  नगद पुरुस्कार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने छ । त्यसै गरी सेमी फाइनलिस्ट दुइ टिमलाई ४४ हजार ४ सय ४४ का दरले नगद पुरुस्कार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने छ । उत्कृष्ट खेलाडी १ जना, उत्कृष्ट गोलकिपर १ जना, उत्कृष्ट मिडफिल्डर १ जना, उत्कृष्ट गोल स्कोरर १ जना लाई नगद रु ५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक सिद्धिचरण नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया