असार २६ । मोलुङ
गाउँपालिकाले आर्थीक अपचलन गरेको नेपाली कांग्रेस मोलुङ कार्यसमितिले आरोप लगाएको
छ । नेपाली कांग्रेस मोलुङ गाउँ कार्यसमितिले असार २५ गते विज्ञप्ति सार्वजनिक
गर्दै यस्तो आरोप लगाएको हो । नेपाली कांग्रेस मोलुङ गाउँकार्यसमितिका सचिव पदम
तामङ (मिलन) द्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ; ‘स्वरोजगार कार्यक्रम
अन्गर्गतका कामदारले पारिश्रमिक रकम भुक्तानी नपाएको भन्दै समाजिक सन्जाल आफ्नो
फेसबुक पेज मार्फत लाइभ प्रासारण गर्दै वडाअध्यक्षहरुबाट गाउँपालिकाको कार्यालय
तालाबन्दी गरेको घट्ना हामी सबै सामु सार्वजनिक भएकै हो । जब रात प¥यो, फेरी तिनै
वडाअध्यक्षको मिलेमतोमा ताला खोली रातभर आर्थीक तथा प्रशासनिक कार्य गरी आर्थीक
अपचलनको कार्य गरिएको हुँदा यस घटनाप्रति नेपाली कांग्रेस मोलुङ गाउँपालिका
कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ, भनिएको छ ।’
कामदार नागरिकको पारिश्रमिक नपाएकोले आफुहरुले विद्रोह गरेको भन्ने सन्देश प्रवाह गरी नागरिकहरु सामु भ्रम फैलाएर राता–रात उनिहरुकै संलग्नतामा आर्थीक अपचलन गरी नीजि स्वार्थ पुरा गरेको आशंका आमनागरिकमा पैदा भएको छ । यो विषय दुखद भएकाले आर्थीक वर्षको अन्तिम दिनमा घटाएको अतिरन्जित घटनाको घोरभत्र्सना गर्दै उक्त घट्नामा वास्तविक के भएको हो ? सत्यतथ्य बाहिर ल्याई सार्वजनिक गर्न मोलुङ गाउँपालिका समक्ष जोडदार माग गरिएको छ ।