राजकुमार कार्की
जेठ २१ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले देशलाई अप्ठ्यारो
परेको बेलामा सामुदायिक रेडियोले महत्वपूर्ण योगदान गर्दै आएको बताउनु भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ कोशी प्रदेशले आयोजना गरेको सामुदायिक रेडियो
ब्यवस्थापन एवं क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो
बताउनु भएको हो । तेह्रथुम जिल्ला सदरमुकाममा भएको ब्यवस्थापन तथा क्षमता
अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको थियो ।
आन्तरिक मामिला तथा
कानून मन्त्रालय कोशी प्रदेश विराटनगरको आर्थीक सहयोगमा सामुदायिक रेडियो प्रसारक
संघ कोशी प्रदेशले आयोजना गरेको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी गिरीले
देशलाई परेको विभिन्न अप्ठयारोमा सामुदायिक रेडियोले निशर्त योगदान गर्दै आएको
बताउनु भयो । ०६२÷०६३ मा भएको जनआन्दोलन सँगै
लोकतन्त्र स्थापनाका लागि ठुलो योगदान गरेको र लोकतन्त्रलाई संस्थागत गर्न पनि
योगदान गरिरहेको बताउनु भयो । भूकम्पको महाविपत्ति, कोरोनाकालीन समय, द्घन्द्घकालीन समय
जस्ता अप्ठ्यारो समयमा रेडियोले देशलाई महत्वपूर्ण सहयोग गर्दै आएको उहाँको भनाई छ । नागरिकका
हकअधिकारको सुनिश्चित्ताका लागि र नागरिक स्वतन्त्रताका लागि पनि सामुदायिक
रेडियोले योगदान गर्दै आईरहेको छ । देशमा लोकतन्त्र आयो तर, जुन हिसाबले देश
अगाडी बढ्नु पथ्र्यो, त्यो बढ्न नसकेकोमा दुःख लागेको बताउनु भयो । उहाँले भन्नुभयो; ‘लोकतन्त्रको स्थापना
पश्चात आर्थीक, सामाजिक, राजनीतिक, भौतिक विकास त हुन सकेन, त्यो सँगै मुनाफारहित सञ्चारमाध्यामहरुलाई समेत
सहयोग गर्न कन्जुस्याँई रह्यो, अहिले पनि छ ।’
सामुदायिक रेडियो
प्रसारक संघ कोशी प्रदेशका अध्यक्ष एवं सहयात्री सामुदायिक रेडियो ओखलढुंगाका
अध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कोशी प्रदेश
अन्तरगतका १४ जिल्लामा अवस्थित सामुदायिक रेडियोमा आबद्ध कर्मचारी, ब्यवस्थापकहरुको
सहभागिता रहेको छ । शिरोमणी ढुंगाना, बन्दना दनुवार, महेन्द्र काफ्ले, भरत खड्का र बिबिसी
नेपाली सेवा तथा विश्वसेवामा काम गरीसक्नु भएका पूर्व पत्रकार भगीरथ योगीले
विश्वब्यापी रुपमा भएका सामुदायिक
रेडियोको अवस्थाको बारेमा प्रस्तुत गनुभएको थियो । देउराली सोसाइटीको सभाहल
तेह्रथुम म्याङलुङमा कार्यक्रम तीन दिन सन्चालन गरिएको जानकारी दिएका छन् ।