राजकुमार कार्की
ओखललढुंगा भदौ १६ । खानेपानी तथा सरसफाई
उपभोक्ता समिति ओखलढुंगा नाफामा बृद्धि हुन थालेको छ । खानेपानी उपभोक्ता समितिले
खर्चमा मितव्ययी र आम्दानीमा पारदर्शी गरेकाले नाफामा जान थालेको हो । खानेपानी
उपभोक्ता समितिले गत असार मसान्त सम्म गरेको कारोबार नाफामा देखिएको छ । गत असोज
महिना देखि असार मसान्त सम्म १२ लाख ११
हजार ८०२ रुपैँया ४६ पैसा फाइदा रहेको कार्यालयले जनाएको छ । कार्यालयका
अनुसार ९ लाख ११ हजार ८०२ रुपँैया ४६ पैसा
बैंक मौज्दात रहेको, १ लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरेको र रु २ लाख गतवर्षको बेरुजु फछ्यौट
गरेको छ । नाफा भएको रकमबाट रु २ लाख गत वर्षको बेरुजु फछ्र्यौटमा खर्च गरेर, अहिले १ लाख मुद्दती
सहित १० लाख ११ हजार ८०२ रुपैँया ४६ पैसा बैंक मौज्दात रहेको अध्यक्ष सानुबाबु
खड्काले जानकारी दिनुभयो ।
खानेपानी उपभोक्ता समिति ओखलढुंगामा सरकारी
तथा गैरसरकारी संघसंस्था र विद्यालय गरेर ३८ उपभोक्ता र १ हजार १ सय २२ ब्यक्तिगत
उपभोक्ता गरी जम्मा १ हजार १६० उपभोक्ता रहेका छन् । उपभोक्ताबाट उठेको महशुल नै
खानेपानी समितिको आम्दानीको श्रोत हो । एकजना नायब सुब्बा सोसरहको कर्मचारी
कार्यालय प्रमुख, सहायक कम्प्युटर अपरेटर १ जना, प्लम्बर १ जना सहायक प्लम्बर १ जना, टोलप्राविधिक १ जना र
मुहान हेरालु २ जना गरी जम्मा ७ जना कर्मचारी कार्यरत छन् । सम्पुर्ण सुविधा समेत
गरी जम्मा मासिक १ लाख ८८ हजार ८२५ रुपैंया कर्मचारी तलबमा खर्च हुने गरेको छ ।
असार मसान्त सम्मको नियमानुसार सम्पुर्ण करकट्टी र राजश्व सबै भुक्तानी भई कुनै
पनि भुक्तानी हुन बाँकी नरहेको कार्यालय प्रमुख किरण राजभण्डारीले जानकारी दिनुभयो
।
अहिले प्रत्येक महिनाको आम्दानी खर्च सुचना
पार्टीमा टाँस गर्ने गरिएको छ । निर्वाचित
भएपछि पारदर्शी काम गर्दै समितिलाई सकेसम्म धेरै फाइदामा लैजाने लक्ष्य रहेको
अध्यक्ष खड्काको भनाई छ । निर्वाचित भएको छोटो समयमै औसतमा मासिक करिब १ लाख भन्दा
बढी फाइदा गर्न सफल भएको कार्यालयले
जानकारी दिएको छ । अहोरात्र खटेर काम गर्ने कर्मचारी, समितिका पदाधिकारी एवं सदस्यहरु र सबै
उपभोक्ताहरुको सहयोगले मात्र समितिलाई फाईदामा पु¥याउन संभव भएको अध्यक्ष खड्काले बताउनु भयो ।
ठोट्ने, भूजापाते, तारेभीर, ह्याकुलेपखाले
लगायतका मुहानबाट पानी ल्याएर वितरण गरिएको छ । आहिले दुइवटा फिल्टर ट्याङकीमार्फत
पानी वितरण गरिएको छ । ओखलढुंगा सदरमुकाम लगायत आसपासका वडाहरुमा सहज पानी वितरण
भईरहेको छ । निर्वाचित नयाँ समितिले टुटफुट भएको पाइपलाइन मर्मतसंभार गरी बितरण
गरिएकाले पानी चुहावटमा कमी भएको छ ।
समितिमा आबद्ध रहेका सदस्यहरुलाई पानी सहज वितरण भईरहेको कार्यालय प्रमुख
राजभण्डारीले बताउनु भयो ।