राजकुमार कार्की
असोज ३ । जिल्लामा सन्चालीत
सुरक्षीत आवास गृहको गुनासो सुनुवाई, संयन्त्र सुचारु कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्थित सन्चारकर्मीहरु लगायतको उपस्थितिमा गुनासो
सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । युएनएफपीएको आर्थीक सहयोगमा परिवर्तनशिल
महिला सामुदायिक संस्थाद्वारा सन्चालनमा रहेको छ । नगर उपप्रमुखको संयोजकत्वमा
सन्चालनमा रहेको यस संस्थाले जिल्ला तथा बाहिरका लैंगिक हिंसामा परेका
नागरिकहरुलाई आवश्यक सहयोग गर्दै आएको छ । ब्यवस्थापन समितिका संयोजक एवं
सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न
भएको छ ।
युएनएफपीएकी जिल्ला संयोजक रेखा श्रेष्ठले
उपस्थित पत्रकार लगायत सहभागीहरुलाई परियोजनाको बारेमा प्रष्ट पार्नु भएको छ ।
सुरक्षीत आवास गृहको गुनासो निर्देशिका सम्बन्धी प्रगति विवरण सिएमसी नेपालकी
कर्मचारी निशा दाहालले जानकारी गराउनु भएको छ । कार्यक्रमकै अवसरमा सुरक्षीत आवास
गृहको गुनासो पेटिका नगर उपप्रमुख केदारबाबु बस्नेत बाट हस्तान्तरण समेत गरिएको
संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै उपप्रमुख बस्नेतले सुरक्षीत आवास गृह गुनासो
सुनुवाई तथा ब्यवस्थापन निर्देशिका आगामी कार्यपालिका बाट पारीत गर्ने प्रतिबद्धता
गर्नुभएको परिवर्तनशिल महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी
दिनुभयो ।