राजकुमार कार्की
कात्तिक २१ । एकद्वार संकट व्यवस्थापन
केन्द्र (ओसीएमसी) को लैङ्गिक हिंसा सल्लाहकार समितिको बैठक विभिन्न निर्णय गर्दै
सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बिहिबार बैठक सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं एक द्वार संकट व्यवस्थापन केन्द्र सल्लाहकार
समितिका अध्यक्ष टेकराज भट्टराईको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा
गतविगतमा गरिएका निर्णयहरुको बारेमा छफलफल तथा समिक्षा र नयाँ निर्णयहरु समेत
गरिएको छ । लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूलाई सहज रूपमा सहयोग र व्यवस्थापन
गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको युनएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले
जानकारी दिनुभयो ।
एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)
सेवा लिन चाहने सबै हिंसा प्रभावित र प्रभावित सँग आश्रीत बालबालीका र साथीहरुको यातायात, खाना बासको खर्च सबै पालिकाहरुले ब्यहोर्ने, ओसीएमसीको रिक्त
ठाउँमा कर्मचारी नियुक्त गर्न अस्पताल ब्यवस्थापन समितिको अनुमिति लिएर जिल्ला
अस्पताल रुम्जाटारले पदपूर्तीको प्रकृया गर्ने, ओसीएमसीको पञ्चवर्षीय राष्ट्रिय कार्यजनाको
बारेमा छलफल तथा राष्ट्रिय कार्ययोजनाको आधार सबै पालिकाहरु र जिल्ला अस्पतालले
मस्यौदा कार्ययोजना कात्तिक ३० गते भित्र सिएमसी नेपालालाइ बझाउनुपर्ने विषयमा
छलफल तथा निर्णय गरिएका छन् ।
मानसिक स्वास्थ्य समस्याको समयमा नै उपचार
सुनिश्चित गर्न आवश्यकताअनुसार जिल्ला अस्पताल रुम्जाटारमा कार्यरत चिकित्सकको
उपस्थितिमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने, आवश्यकता अनुसार
पालिका तहमा मनोपरामर्शकर्ताको व्यवस्था गर्ने र स्थानीय तहबाट स्रोतको व्यवस्था
गरी परियोजनाबाट प्राविधिक सहयोग प्रदान गर्ने, विद्यालय तहमा लैङ्गिक हिंसा रोकथाम तथा
मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू आवश्यकता अनुसार स्थानीय
सरकारले सञ्चालन गर्ने निर्णय भएको छ ।
कार्यक्रममा युएनएफपिएका संयोजक रेखा
श्रेष्ठ र एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन निकिता दाहालले परियोजनाको बारेमा प्रस्तुत गरेका थिए । बैठकमा
जिल्लास्थित स्थानीय तहका पाध्यक्षहरु, सुरक्षा निकायका प्रमुख एवं पतिनिधीहरु विभिन्न संघ–संस्थाका प्रतिनिधि
तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।