विश्वकै लामो र विषालु सर्प ‘किङ्ग कोब्रा’ को रोचक तथ्य


समचार संक्षेप

- किङ्ग कोब्रागुँड बनाउने एकमात्र सर्प हो ।

- किङ्ग कोब्राले करिब तीन घण्टा सम्म संसर्ग गर्ने गर्छ ।

- किङ्ग कोब्रा निरहार (केहि नखाई) आफ्नो अण्डाको संरक्षणमा बस्ने सर्प हो ।

- गोमन जस्ता विषालु सर्पको टोकाईबाट बच्ने उपायहरु 


राजकुमार कार्की

 साउन १२ । किङ्ग कोब्राअर्थात राजगोमन विश्वको सबैभन्दा लामो र विषालु सर्प हो । करिब १२ देखि १८ फिट सम्म लामो र सबैभन्दा बढी विष भएको सर्प हो । यसको विष यत्ति धेरै हुन्छ कि हात्तीलाइृ समेत मारिन आवश्यक मनग्य विष हुन्छ । यसले मानिसलाई हम्मेसी डस्दैन । नेपालमा राजगोमनको डसाईबाट मान्छेको मृत्यु भएको तथ्याँक भने नभएको विज्ञहरुले बताउने गरेका छन् ।

चराविज्ञ आर.एल फ्लेमिङ र आर.एल फ्लेमिङ जुनियरले सन् १९७४ मा नेपालमा पनि राजगोमन पाइन्छ भन्ने जानकारी गराएको थिए । कुल बहादुर थापा निशा राणा र करण बहादुर शाह द्वारा लिखित डिष्ट्रिब्युसन किङ कोब्रा इन नेपाल (सन्२०१८) शिर्षक लेखमा यो सर्पको प्रजाती सुनसरी लगायत ३७ जिल्लामा जम्मा २ सय १९ पटक देखिएको उल्लेख गरिएको छ । यो सर्प समुन्द्री सतहबाट २ हजार ५ सय ५० मिटर उचाई सम्म पाईने लेखिएको छ । विश्व संरक्षण संघ (आइसियूसीएन) को अभिलेखअनुसार यो सर्प विश्वकै लोपोन्मुख सरीसृप प्रजाती हो ।

विशेषगरी मार्च महिना तर कास्की र लमजुङमा भने मे महिनामा पनि संसर्ग भएको पाइएको छ । राजगोमनको संसर्ग करिब ३ घण्टा सम्म चल्छ । संसर्गको करिब ४० दिन पछि पोथी किङ्ग कोब्राले दर्जनौ संख्यामा (२० देखि ५०)  अण्डा पार्छ ।

गुँड बनाउने एकमात्र सर्प

विभिन्न पत्रपत्रीकामा छापिएअनुसार राजगोमनले बच्चा कोरल्न अण्डा ओथार्नको लागि सुकेका पातपतिङगर जम्मा गरि गुँड बनाउछ । लेखिएअनुसार ४० डिग्री भिरालो ठाउँमा सल्ला, उन्यु, कटुस लगायत आदिको पात जम्मा गरेर गुँड बनाउने गर्छ । गुँडमा जम्मा २५ वटा अण्डा थिए । ति मध्ये २३ वटा बाट बच्चा निस्केका थिए । पोथी ले अण्डालाई पातले छोप्ने, आँफै पातको थुप्रो माथी गुडुल्कीएर बस्ने, कहिले पातको चाङ भित्र पनि बस्ने गर्छ । अण्डा पारेदेखि बच्चा ननिस्कदा सम्म निरहार (केहि नखाई) बस्छ । यो अवधीमा पोथी किङ्ग कोब्रा निक्कै आक्रामक हुने हुन्छ । यो समयमा राजगोमनको गुँड भएको ठाउँतिर नजानु र नजिस्क्याउनु नै उत्तम हुने मानिएको छ । प्रत्यक्षदर्शीका अनुसार, पाततिङ्गर भुँईमा ओछ्याएर न्यानो हुनेगरि भलिबल जस्तो गोलो, अण्डा पार्ने ठाउँ बनाउछ ।  त्यहिमाथी अर्काे गोलो भाग बनाई आफु बस्ने र बाहिर देखिने गरि टाउको राख्न समेत मिल्ने गरि सानो प्वाल बनाएको हुन्छ । आफु बस्दा जहिले पनि आफ्नो टाउको त्यो प्वाल जस्तो ठाउँमा राखेर बाहिर नै हेरेर बसेको हुन्छ । यि दुवै कोठालाई बाह््य अवरोधबाट जोगाउन माथीबाट पातपतिङ्गरले घेरेर बनाउछ । पोथी राजगोमन आवश्यक्तानुसार दुइवटै काेठा र बाहिर पनि निस्केर बस्ने गर्छ ।

आफ्नो गुँडमा बाहिरी हचक पाएपछि आक्रामक शैलीमा 'किङ्ग कोब्रा'


सर्पविज्ञ ऋषी बरालको लेखअनुसार नेपालमा पाइने ८२ प्रजाति मध्ये २२ प्रजातिका सर्प  विषालु रहेका छन् । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने गरेको र ति मध्ये २ हजार मान्छेलाई विषालु सर्पले टोक्ने गरेको छ ।

गोमन जस्ता विषालु सर्पले टोक्दा देखिने लक्षणहरु :

गोमन जस्ता विषालु सर्पले टोकेको केहि मिनेट पछि नै मानिसको शरिरमा विष फैलिएर लक्षण देखा पर्न थाल्छ ।

१. बिरामीले आँखा उघार्न सक्र्दैन ।

२. बिरामीको मुख बन्द हुन्छ ।

३. बिरामीले जिब्रो मुख बाहिर निकाल्न सक्दैन ।

४. पानी निल्न असजिलो हुन्छ ।

५. हातखुट्टा तथा मांसपेशी चल्न कठिन हुन्छ ।

६. मुखबाट ¥याल छोड्ने हुन्छ ।

सर्पले टोकेको थाहा पाउने वित्तिक्कै सकेसम छिटो अस्पताल लैजानु पर्छ ।

नेपालमा पाइने ८२ प्रजातिका सर्पहरु मध्ये किङ कोब्रा अत्यन्त कम छ । यसले आहाराका रुपमा अन्य प्रजातिका सर्प खाने गर्छ । कहिलेकाही आफ्नो प्रजातिको सर्प पनि खाने गरेको अध्ययनले देखाएको छ । गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाईएको स्नेक एन्टीभेनम भाइल प्रयोग गर्नुपर्छ । तर त्यस्तो एन्टीभेनम नहुँदा पोलीभलेन्ट लगाउने गरिन्छ, यो लाभदायक भएपनि स्वास्थ्यका लागि हानिकारक हुनसक्ने प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताएको खबर प्राप्त भएको छ ।

किङ्ग कोब्राको विश्वमा अध्ययन :

किङ्ग कोब्राको बारेमा डेनमार्कका अनुसन्धानकर्ता थियोडोर एडवार्ड क्यान्टरले पहिलो पटक सार्वजनिक गरेका हुन् । थियोडोरले सन १९३६ मा पहिलो पटक यसको बारेमा केहि तथ्यहरु सार्वजनिक गरेपछि बैज्ञानिक खोजी कार्य शुरु भएको मानिन्छ ।

पछिल्लो अध्ययन अनुसार दुई सय भन्दा बढी राजगोमनको जिनोमको  विश्लेषण गरी चार अलग अलग प्रजातिहरु रहेको पत्ता लगाएका छन् ।

१. ओफिओफ्यागस कालिङ्गा : विशेष गरी भारतको पश्चिम घाट तिर पाइन्छन ।

२. ओफिओफ्यागस हाना : उत्तर भारत, उत्तर पाकिस्तान र उत्तरपुर्वी भारतमा पाइन्छ ।

३. ओफिओफ्यागस बङ्गारुस : यो इन्डोचाइना क्षेत्रमा पाइन्छ । 

४. ओफिओफ्यागस साल्भाटाना : इन्डो मलेसिया र फिलीपिन्सको लुजन टापुहरुमा पाइन्छन् ।

सर्पबाट कसरी जोगिने :

सर्पले हम्मेसी मानिसहरुलाई आक्रमण गर्दैन । उसलाई चलाउदा, जिस्क्याउदा वा अन्जानमा उ भएको ठाउँमा पुगेर उसलाई धक्का वा आघात भएपछि मात्र आक्रमण गर्ने टोक्ने गरेको विज्ञहरुले बताउने गरेका छन् । सर्पबाट जोगिनका लागि यि उपायहरु अपनाउन सकिन्छ ।

१. साँझविहान हिँडडुल गर्दा झाडी भएको ठाउँ, घाँस, दाउरा, पराल, उनिउ, सल्लिपिर लगायतका चिजवस्तु  राखेको ठाउँमा जाँदा सतर्क रहनुपर्छ ।

२. बिहान बेलुका हिँडडुलगर्दा शरिर पुरै ढाक्ने लुगा र खुट्टामा अनिवार्य बुठजुत्ता लगाउनुपर्छ ।

३. राति सुत्दा झुल टाँगेर सुत्नुपर्छ ।

४. राती हिँड्नु पर्ने अवस्था आएा प्रयाप्ता उज्यालो दिने बस्तु (लाइट) को प्रयोग गर्नुपर्छ ।

५. घरवरपर सफा राख्ने गर्नुपर्छ ।

राजगोमन पहाडी जिल्ला ओखलढुंगामा पनि बाक्लै देखिन थालेकाले नागरिक त्रसित छन् ।

विभिन्न अनलाईन पत्रपत्रिका अध्ययन पछि तयार पारिएको लेख हो ।

प्रतिक्रिया