राजकुमार कार्की
भदौ १५ । लैंगिक हिंसा रोकथाम तथा
प्रतिकार्य सम्बन्धी पालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । सुनकोशी
गाउँपालिका ओखलढुंगामा विभिन्न निर्णयहरु गर्दै आइतबार समन्वय बैठक सम्पन्न भएको
हो । पालिका उपाध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको छ ।
पालिकास्थित विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु र दलित महिला सदस्य लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम
गरिएको थियो । ओसीएमसी र सेफ हाउसको दिगोपनाका लागि कार्यक्रमको आयोजना गरिएको
युएनएफपीएकी जिल्ला संयोजक रेखा श्रेष्ठले
जानकारी दिनुभयो ।
परियोजनाको बारेमा र समग्र लैंगिक हिंसाको
अवस्थाको बारेमा संयोजक श्रेष्ठले प्रष्ट पार्नुभएको थियो भने सेफहाउसको सन्चालनको बारेमा सेफ हाउस इन्चार्ज
धनकुमारी थापाले प्रष्ट पार्नुभयो । त्यसै गरी
भावी कार्ययोजनाको बारेमा सिएमसी नेपालका स्वास्थ्य संयोजक घनश्याम शर्माले
प्रस्तुतीकरण गर्नुभएको थियो ।
समन्वय बैठकले पालिकाभित्र लैंगिक हिंसा
प्रभावितलाई सहयोग गर्ने, ओसीएमसी र सेफहाउसले त्रैमासिक रुपमा प्रतिवेदन पालिकालाई बुझाउनु पर्ने, लैंगिक हिंसा
निवारणकोष कार्यविधी संशोधन गर्ने, सेफहाउस र ओसीएमसी सन्चालन गर्न जिल्लास्तरीय बैठकले निर्धारण
गरेअनुसारको बजेट सिद्धिचरण नगरपालिकाको खातामा जम्मा गर्ने लगायतका निर्णहहरु
गरिएको छ । त्यसैगरी पालिकास्तरीय ओसीएमसी कार्ययोजना मस्र्यादा तयार गर्न ५
सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिमा ः
स्वास्थ्य शाखा प्रमुख : संयोजक
महिला शाखा प्रमुख : सदस्य
लेखाशाखा प्रमुख : सदस्य
शिक्षा शाखा प्रमुख : सदस्य
रोजगार शाखा प्रमुख : सदस्य
गठित समितिले असोज ५ भित्रमा मस्यौदा तयार
पारी पेश गर्नुपर्नेछ ।