चम्पादेवीमा अध्यक्षकप सँगै शैक्षिक प्रतियोगिता गरिने


चैत २३ । जिल्लाको चम्पादेवी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सँगै शैक्षिक प्रतियोगिता समेत गरिने भएको छ । गाउँपालिकाले अध्यक्षकप खेलकुद प्रतियोगितामा हाजीरीजवाफ, बादविवाद र लोकदोहोरी प्रतियोगिता गरिने भएको हो । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार खुल्ला पुरुष अन्तरपालिका भलिबल प्रतियोगिता र पालिका भरी विभिन्न २० वटा विधामा प्रतियोगिता गराईने पालिका प्रमुख नवराज केसीले जाकारी दिनुभयो ।

चम्पादेवी गाउँपालिकाको स्थानीय खेलमैदान वडा नं ९ स्थित डल्लीडाँडा खेलमैदानमा चैत २७ गतेदेखि खेलकुद प्रतियोगिताको आयोजना गरिने पालिकाले जानकारी दिएको छ । हाजिरीजवाफ, वत्तृत्वकला र लोकदोहोरी प्रतियोगिताको लागि गाउँपालिका भरिका नागरिकले सहभागी जनाउन सक्नेछन् । समृद्ध चम्पादेवी गाउँपालिका निर्माणमा पर्यटन व्यावसायको महत्व र संभावनाशिर्षकमा वादविवाद प्रतियोगिता गरिनेछ । स्थानीयस्तरमा भएका मनोरञ्जानामत्म खेलकुद प्रतियोगिताहरुलाई पनि समाबेश गरिएको छ । गोेरुजुधाई, जीवनसाथी बोकेर दौडीने, घैँटो फुटाउने, भाले झिक्ने लगायतका खेलहरु खेलाईनेछन् ।

खेलकुद प्रतियोगितामा हाजिरीजवाफ प्रतियोगिता र बत्तृत्वकला प्रतियोगिता राखीनुले खेलकुद सँगै शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने स्थानीय जानकारहरुले बताएका छन् । वादविवाद प्रतियोगितामा प्रथम द्वितिय तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः ५ हजार ३ हजार २ हजार र १ हजार नगद वितरण गरिनेछ । त्यसै गरी लोकदोहोरी प्रतियागिता र हाजिरीजवाफ प्रतियोगितामा प्रथम द्वितिय तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः १० हजार ७ हजार ५ हजार र ३ हजार नगद वितरण गरिनेछ ।

सबैभन्दा बढी नगद राशी खुल्ला पुरुष भलिबल प्रतियोगितामा मा रहेको छ भने सबैभन्दा कम सटपुट महिला र पुरुष प्रतियोगितामा रहेको छ । खुल्ला पुरुष भलिबल तर्फ प्रथम द्वितिय तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः २ लाख १ लाख ५० हजार १ लाख र ५० हजार र नगद पुरस्कार रहेको छ भने सबैभन्दा कम सटपुट (महिला, पुरुष) तर्फ प्रथम द्वितिय तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः ३ हजार २ हजार १ हजार र ५ सय नगद पुरस्कार रहेको छ । पालिकाभित्र वडास्तरीय महिला भलिबल प्रतियोगिताको लागि प्रथम द्वितिय तृतिय र शान्त्वना हुनेहरुलाई क्रमशः ५० हजार ३५ हजार २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ ।

खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि ३० गते सम्म सन्चालन हुनेछ । भने चैत २६ गते सम्म टिम दर्ता गराउन सकिनेछ । प्रतियोगिता चम्पादवी गाउँपालिकाको निर्मानाधिन रंगशाला डल्लीडाँडा खेलमैदानमा हुनेछ । उक्त खेलमैदान जिल्लाकै प्रसिद्ध एवं प्रमुख धार्मिकस्थल श्रीचम्पादेवी मन्दिर नजिकै रहेको छ । खेलकुदको मनोरञ्जन गर्न आउने दर्शक महानुभावहरुले श्रीचम्पादेवीको समेत पूजार्चना गर्न सकिने पालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया