आसन्न मंसिर ४ निर्वाचनमा महिला मतदाता संख्या कति ?

असोज ३१। आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा महिला मतादाता भन्दा पुरुष मत दाताको संख्या बढी रहेको छ । निर्वाचन आयोग केन्द्रिय कार्यालयले प्रकाशन गरेको सूचिमा पुरुष मतदाताको संख्या बढी रहेको जनाएको हो । महिला मतदाता संख्या भन्दा पुरुष मतदाता संख्या २ लाख ९३ हजार २२७ ले बढी रहेको छ ।

आचारसंहिता कार्यान्वयन गर्न अयोगको ७ बुँदे निर्देशन 

 निर्वाचन कार्यालयका अनुसार पुरुष मतादाता संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदाता संख्या ८८ लाख ४७ हजार ५७९ रहेको छ भने अन्यको संख्या १८५ रहेको छ । २०७९ साल मंसिर ३ गते सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको संख्या पुरुष, महिला र अन्य गरी  जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।


 

प्रतिक्रिया