सामुदायिक विद्यालयमा सहयोगार्थ बेल्जियममा कार्यक्रमको आयोजना


राजकुमार कार्की

 साउन १३ । सिद्धिचरण नगरपालिकाका स्थित सन्चालीत सामुदायिक विद्यालयमा सहयोग गर्न बेल्जियममा च्यारिटी कार्यक्रमकोे आयोजना गरिएको छ । नेपाली कांग्रेस बेल्जियम सम्पर्क समितिले सामुदायिक विद्यालयलाई सहयोगका लागि च्यारिटी कार्यक्रम गरेको हो । नेपाली जनसम्पर्क समिति बेल्जियमको रजत महोत्सव, बेल्जियम सम्पर्क समितिका पूर्वसभापतिहरुलाई सम्मान लगायतको कार्यक्र गरिएको छ । च्यारिटी कार्यक्रममा स्वइच्छाले दान गरेको रकमले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग गर्ने बेल्जियम सम्पर्क समितिका सभापति सुवास गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘कार्यक्रममा स्वच्छिक दानको ब्यवस्था गरिएको छ, कार्यक्रममा उपस्थित भएर स्वइच्छिक रुपमा दानगरेको रकम विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा खर्च गरिनेछ ।

नेपाली कांग्रेसका प्रवक्ता पूर्वमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा २८ जुलाई २०२५ अर्थात साउन १२ मा कार्यक्रम सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका, रुम्जाटारमा जन्मनु भएका सुवास गुरुङ  बेल्जियमलाई कर्मथलो बनाई काम गरिरहनु भएको छ । उहाँको पहल र सक्रियताले शैक्षिक गुणस्तरको लागि थप टेवा पुग्ने स्थानीय जानकारहरुले बताएका छन् । गुरुङ नेपाली कांग्रेस बेल्जियम सम्पर्क समितिको सभापतिमा रहि सामाजिक सेवामा समेत तल्लिन हुनुहुन्छ ।


प्रतिक्रिया