समाजसेवी राईद्वारा तीन विद्यालयमा निशुल्क पोसाक वितरण


राजकुमार कार्की

 फागुन १ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं समाजसेवी नविन राईले तिन वटा विद्यालयका शिक्षक विद्यार्थीहरुलाई निःशुल्क पोसाक (ट्रयाकसुट) वितरण गर्नु भएको छ । चिशंखुगढी गाउँपालिका , माम्खास्थित दुइवटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालय गरी तीन विद्यालयका छात्रछात्रा र शिक्षक शिक्षिकाहरुलाई निःशुल्क ट्रयाकसुट वितरण गर्नु भएको हो । बिहिबार सबै विद्यालयमा पुगी औपचारिक कार्यक्रमका बिचमा ट्रयाकसुट वितरण गरिएको नविन राईले जानकारी दिनुभयो ।

माम्खा माध्यमिक विद्यालय माम्खा, भूमेस्थान आधारभूत विद्यालय र कुँडुले आधारभूत विद्यालयमा पोसाक वितरण गरिएको छ । तीनवटा विद्यालयका २ सय ५६ जना छात्राछात्रहरु र शिक्षक शिक्षिका हरुलाई ट्रयाकसुट वितरण गरिएको छ । चिशंखुगढी गाउँपालिा , माम्खामा जन्मनुभएका राई पार्टी राजनीति सँगै समाजसेवामा अग्रसर हुनुहुन्छ । उहाँको एकल लगानीमा विद्यालय पोसाक वितरण गरिएको बताएका छन् ।  नेपाली कांग्रेसका पार्टी सभापति एवं सिद्धिचरण नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यता तथा चिशंखुगढी गाउँपालिकाका उपप्रमुख सन्तोषबाबु थापाको विशेष आतिथ्यमा  विद्यार्थी र अविभावक सहितको उपस्थितिमा पोसाक वितरण कार्यक्रम गरिएको थियो ।

पोसाक वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले सामुदायिक विद्यालयमा सामान्य कामले पनि  शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताउनु भयो । उहाँका अनुसार शिक्षकले आफ्नो ड्युटी नियमित गर्ने, विद्यार्थीहरु नियमित विद्यालय जाने र अविभावकले निगरानी गर्ने, यी तीन पक्षले यी तीन काम नियमित गरियो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुन्छ । आफु स्थानियतहमा निर्वाचित भएपछि शिक्षाको गुणस्तरमा बृद्धि गर्न विभिन्न खालको कार्यक्रम गरेको अनुभवले यी तीन पक्षले एकापसमा आआफ्नो ड्युटी पुरा गर्ने तर्फ नलागे सरकार पक्षको जोडबलले मात्र शैक्षिक गुणस्तर बृद्धि गर्न संभव नहुने रहेछ; ‘उहाँले भन्नुभयो । विद्यार्थीलाई प्रोत्साहन गर्ने उदेश्य राखेर आफ्नो व्यक्तिगत लगानी बाट पोसाक वितरण गर्नुभएकोमा नविन राईप्रति, मेयर खनालले धन्याबाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी चिसंखुगढी गाउँपालिकाका उपप्रमुख सन्तोषबाबु थापाले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अविभावकले पनि खासै वास्ता नगरेका कारण सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर हुन नसकेको बताउनु भयो । बोर्डीङ स्कुलमा पठाउने अविभावकले आफ्ना बालबच्चाको सरसफाई गर्ने, झोला राम्रो किनिदिने, दैनिक टिफिनमा उपयुक्त खाजा पनि पठाउने, आफु झोला बोकेर आफ्ना बच्चालाई हात समातेर विद्यालय सम्म पु¥याउन सक्ने तर सामुदायिक विद्यालयमा बच्चा पठाउने अविभावकले आफ्नो छोराछोरीलाई खाजा पनि नपठाउने, सरसफाइमा पनि वास्ता नगर्ने, विद्यालय पुग्छ कि पुग्दैन, पढ्छ कि पढ्दैन भन्ने ख्याल नगर्ने गरेकाले पनि शैक्षिक गुणस्तरमा बृद्धि नभएको उपप्रमुख थापाले बताउनु भयो ।

नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिकाका सभापति गोपालमान थापाले गाउँका विद्यालयमा सामान्य परिवारका बच्चाहरु मात्र पढ्ने विद्यालय बनेको छ । सामान्य सम्पन्न परिवारले पनि बोर्डीङ स्कुल र शहरमा पढाउने गरेको बताउनु भयो । जसले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बताउनुभयो ।

त्यसै गरी विद्यालय पोसाक (ट्रयाकसुट) वितरण गर्दै नविन राईले, आफु अध्ययन गरेको विद्यालय र आफु जन्मेको वडाका विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि होस भन्ने भावनाले विद्यार्थीहरुलाई विद्यालयमा नियमित आउन प्रेरित होस भन्ने उदेश्यले सानो सहयोग गरेको बताउनु भयो । साथै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न तीनै तहका सरकार, शिक्षक, विद्यार्थी, अविभावक र स्थानिय अगुवाहरु सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।

सामुदायिक विद्यालयमा किसानका छोराछोरीले मात्र पढ्ने गरेको र जसले गर्दा अविभावकले आवश्यक कपडा खरिद गर्ने क्षमता पनि छैन । पुस माघको जाडोमा पनि एउटा पातलो सटमा मात्र विद्यालय आउनु पर्ने बाध्यता छ । प्राइभेट विदालयका विद्यार्थीहरुले ट्रयाकसुट लगाएको देख्दा हामीलाई पनि लगाउन मन लाग्थ्यो तर संभावना थिएन । यस विद्यालयका पूर्व विद्यार्थी नविन राईले आज ट्रयाकसुट ल्याएर सबै विद्यार्थीलाई वितरण गर्नुभएकोमा सबै विद्यार्थीहरुको तर्फबाट धन्यबाद ब्यक्त गर्दछु; ‘कक्षा १२ मा अध्ययनरत छात्रा सुनिता कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।

माम्खा माध्यमिक विद्यालयका प्रधानाध्यापक एकाराज कटवालले शैक्षिक गुणस्तरको लागि विद्यार्थी प्रोत्साहित कार्यक्रम ल्याई सहयोग गरेकोमा नविन राई लगायत सरोकारवालाहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।


प्रतिक्रिया