ज्यामिरेको गणेश मन्दिरको छेउमा पुरुषको शव फेला


राजकुमार कार्की

कात्तिक ३० । जिल्लाको सिद्धिचरण नगरपालिका वडा ९ ज्यामिरेको गणेश मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ । आइतबार विहान करिब ७ः३० बजेको समयमा स्थानीयबासीले  मन्दिरको छेउमा शव फेला पारेको हो । उक्त शव शनिवार देखि हराएका तेज बहादुर भुजेलको भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाले जानकारी दिएको छ । अन्दाजी ५३ वर्षीय भुजेल शनिबार परिवारलाई पनि थाहा नदिई हिडेका थिए । लामो समय घर नफर्केपछि परिवाले खोजतलास गर्दा पनि फेला पार्न सकेका थिएनन् । आइतबार विहान नीजको घर नजिकै करिब २०० मिटर टाढा रहेको गणेश मन्दिरको छेउमा मृत अवस्थामा स्थानीयबासीले फेला पारेका थिए । आवश्क कानूनी प्रकृया लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक धिरेन्द्र यादवको टोली घट्नास्थल पुगेको जानकारी दिएका छन् ।

प्रतिक्रिया