राजकुमार कार्की
मंसिर १९ ।
जिल्लाको रुम्जाटारमा अस्पताल बनेको ६७ वर्षपछि पहिलोपटक बिरामीको शल्यक्रिया भएको छ । बुधबार बेलुका चिशंखुगढी
गाउँपालिकाकी अस्मिता बिश्वकर्माको डक्टर सन्जयको नेतृत्वमा सफल शल्यक्रिया गरिएको
हो । ‘रुम्जाटार स्वास्थ्यकेन्द्र’ तीन जिल्लाका नागरिकलाई
सेवा दिने उदेश्यले २०१५ सालमा स्थापना भएको थियो । सबै खालका उपचार गर्नेगरी
स्थापना भएको अस्पताल भएपनि शल्यक्रियाको सेवा पाउन नागरिकले ६७ वर्ष कुर्नुपरेको
थियो ।
डा. सन्जय पोखरेल
(एमडीजिपी) रुम्जाटार अस्पतालमा आएपछि शल्यक्रियाको संभव भएको हो । उहाँले
अस्पतालमा सेवा दिन शुरु गर्नुभएको चार महिना मात्रै भएको छ । यो भन्दा अगाडी
एमबिबिएस डक्टरहरुले सेवा दिईरहनु भएको थियो । अहिले १ जना एमडीजिपी, २ जना एमबीबीएस, १ जना एनेस्थेसिया २ जना ओटी नर्स
लगायत अन्य प्रविधिक कर्मचारीहरु कार्यरत भएको अस्पतालले जानकारी दिएको छ ।
बुधबार अपरान्ह ४
बजेको समयमा चिशंखुगढी गाउँपालिका ४ रातमाटेकी १७ वर्षीय अस्मिता बिश्वकर्मा
उपचारका लागि अस्पताल आउनु भएको थियो । एपेन्डिक्स भएर आएकी बि.कको तत्काल सफल
शल्यक्रिया गरिएको डा. सन्जय पोखरेल (एमडीजिपी) ले जानकारी दिनुभयो । लामो समयसम्म
विशेषज्ञ डाक्टरको अभावमा सन्चालन भएको अस्पतालमा सामान्य उपचार मात्रै हुदै आएको
थियो । स्थानीयबासीका अनुसार ०७७÷०७८ सालतिर एक जना
एमडीजिपी डाक्टर आउनु भएको थियो तर छोटो समय बस्नुभएकाले उहाँबाट नागरिकले थप सेवा
पाउन सकेका थिएनन् । डक्टर सन्जय आएपछि अब रुम्जाटार अस्पतालबाट सबैखालका सेवा पाउन थालेको स्थानीयबासीले बताएका छन् ।
पहिलाको तुलनामा अहिले विरामीको चाप निक्कै बढेको डा. पोखरेले जानकारी दिनुभयो ।
डाक्टर पोखरेलका अनुसार पहिला दैनिक २०÷२५ जना विरामी सेवा
लिन आउने गरेका थिए भने अहिले दैनिक औसत ७५ जना विरामीले सेवा लिईरहेका छन् ।
अस्पतालमा दरबन्दी भए
पनि सरकारले डक्टर पठाएको थिएन । मन्त्रालयमा पटक पटक डक्टर पठाई दिन आग्रह गर्दा
पनि बिशेषज्ञ डक्टर नपठाएपछि समितिको बलुताले
तलब खुवाउने आँट गरेर डक्टर खोजेर ल्याएको जिल्ला समन्वय समितिका प्रमुख एवं
अस्पताल ब्यवस्थापन समितिमा अध्यक्ष टेकराज भट्टराईले बताउनु भयो । भूईमान्छेले
सेवा पाउनु पर्ने सरकारी असपतालमा डक्टर अभावका कारण उपचार नपाएको देखेर जसरी पनि
तलब खुवाउने आँट गरेर ल्याएको डक्टरलाई
रुम्जेली बहुउदेश्यीय सहकारी रुम्जाटारबाट ३ लाख रिण लिएर एक महिनाको तलब
खुवाएको प्रमुख भट्टराईले बताउनु भयो । अहिले स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले विज्ञापन खुलाएकोले डक्टर
व्यवस्थापन गर्न सजिलो हुने भट्टराईको भनाई छ ।
तीन जिल्लालाई सेवा दिने गरि स्थापना भएको रम्जाटार अस्पताल २०१५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको थियो । रुम्जाटार स्वास्थ्य केन्द्रले ओखलढुंगा, सोलु र खोटाङ्ग जिल्लका नागरिकलाई स्वास्थ्य सेवा उलब्ध गराउदै आएको थियो । तीन वटा जिल्लाको शव परिक्षण (पोष्टमार्टम) रुम्जाटारमा मात्रै गरिन्थ्यो । अन्य जिल्लामा पनि जिल्ला अस्पताल भएपछि शव परिक्षण लगायतका अन्य रोगको उपचारका लागि पनि बिरामी आउन छोडेका थिए । दरबन्दी अनुसारका डक्टरको अभाव भएका कारण जिल्लाका नागरिकले समेत सहज सेवा पाएका थिएनन् । जिल्ला अस्पताल रुम्जाटारमा उपयुक्त स्वास्थ्य सामग्रीहरु भएपनि प्रयोग गर्न सक्ने विशेषज्ञ नभएका कारण सन्चालनमा थिएनन् । अहिले शल्यक्रिया सहितको उपचार सेवा अस्पतालले दिन थालेपछि स्थानीय सेवाग्राही खुशी भएका छन् ।