संविधान रक्षार्थ अन्तर्कृया कार्यक्रमको आयोजना


राजकुमार कार्की

 असोज ३ । नेपाली कांग्रेस ओखलढुंगले संविधान रक्षाको लागि अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवसको अवसरमा  जिल्ला स्थित सबै राजनीतिक दलहरुसँग अन्तरकृया कार्यक्रम गरेको हो । छलफलमा देशमा बदलिदो राजनीतिक परिबेश, संविधानको रक्षा र कार्यशैलीको विषय उठेको थियो । नेताहरुको कार्यशैली नफेरिएका कारण युवा पुस्ताले आन्दोलन गरेको र देशले ठुलो क्षति ब्यहोर्नु परेको सहभागीले बताएका छन् । जनप्रतिनिधीले जनताको इच्छा, आकाङक्षा र आवश्यक्तानुसारको काम गर्न नसकेका कारण आन्दोलन भएको र जनप्रतिनिधी नसच्चिए थप आन्दोलन हुन सक्ने धारणा समेत ब्यक्त गरेका थिए ।

संविधान सभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य सुनुवारले नेपाली जनताको बलीदानीले निर्माण भएको संविधान, राष्ट्रपति रामचन्द्र पौडेलको अडान र साहकसिक कार्यले मात्र जोगीन सफल भएको बताउनु भयो । राष्ट्रपतिले निक्कै सुझबुझका कारण जोगाईदिएको संविधानलाई आवश्यक मलजल गरि फलाउने फुलाउने काम कांग्रेस एमालेकै भएको बताउनु भयो ।

जन प्रतिनिधीलाई पदमा बसेर पदको दुरुपयोग गरि आर्थीक अपचलन गरेको जनताले आरोप लगाएका छन् । तर त्यो आरोप सबै जनप्रतिनिधीमा लागु नहुने नेपाली कांग्रसका सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनु भयो । जनताले लगाएको यो आरोपलाई बदल्न सकिने बताउदै, २०४६ साल भन्दा पछाडीका सम्पुर्ण जनप्रतिनिधी र उच्च ओहोदाका कर्मचारीको छानविन गर्न समेत माग गुर्नभयो ।

प्रतिक्रिया