खोलाले बगाएर बालीकाको मृत्यु

 

असोज ८ ।  खिजीदेम्बा गाउँपालिका६ स्थित एलुङ खोलाले बगाएर बालीकाको मृत्यु भएको छ । बुधबार दिउसो करिब १ः३० बजेको समयमा खोला तर्ने क्रममा बगाएर  मृतअवस्थामा बालीकाको शव भेटिएको हो । मोलुङ गाउँपालिका, नयाँबन बस्ने लाक्पा शेर्पाको छोरी अन्दाजी १४ वर्षकी निमडोमा शेर्पालाई खोलाले बगाएर मृत्यु भएको छ । एलुङ खोलाको पाखामा निगुरो टिपेर घर फर्कदा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको बताएका छन् । दिउसो करिब साँढे १ बजे खोलाले बगाएको बालीकालाई करिब ५ः१० बजेको समयमा मृतअवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । घटनास्थलबाट करिब १ कि.मी टाढा पूर्व पट्टि खिजीदेम्बा गाउँपालिका६ स्थित खोलाको किनारमा घोप्टो  अवस्थामा मृतअवस्थामा फेला परेको जानकारी दिएका छन् । आवश्यक अनुसन्धान र कानूनी प्रकृयाका प्रकृयाका लागि बरुणेश्वर रामपुरबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जानकारी दिएका छन् ।

प्रतिक्रिया