लिला सुनुवार
ओखलढुंगा २५, फागुन । आजभन्दा करिब
१८ वर्ष वर्ष पहिले ‘सुपारी जाईको माला’ बोलको पूर्वेली लोकभाका जनजनको मनमा बसेको थियो । खास गरि
पूर्वी नेपालको खोटाङ, ओखलढुंगा, भोजपुर र रामेछापबासीले निकै रुचाएको
लोकभाका हो । त्यस ताका यो गीतले ख्याति कमायो । सुपारी जाईको माला अहिले पनि
नगुनगुनाउने कमै हुन्थे ।
सरल र सुलोलित लयमा सजिएको यो गीत ओखलढुंगा
र आसपासका क्षेत्रमा गाइने रैथाने भाका पनि हो । यो भाका पूर्वेली लोक सांगीतिक
क्षेत्रका ख्याती प्राप्त कलाकार अभय ढुंगेलको लय र आवाजमा रेकर्ड भएको थियो ।
ओखलढुंगाको लिखु किनारको पोकलीमा जन्मिएका
हुन्, अभय । उच्च शिक्षा हासिल गर्न २०५३ सालमा काठमाडौं छिरेका अभयले
भेट भो यो साल वोलको गित रेर्कड गरेर आफ्नो सांगीतिक यात्राको थालनी गरेका थिए ।
अभयको पहिलो व्यवसायिक एल्वम पूर्वेली
कान्छो बजारमा २०५८ मा ल्याएका थिए । जस्मा हिउँचुलिको हिउँको पानी जस्ता उत्कृष्ट
पूर्वेली गीत समेटिएका थिए । यिनै बहुचर्चित गीतका सर्जक अभय हाल नेपाल छाडेर
अमेरिकाकामा परिवारसहित बसोवास गरिरहेका छन् ।
नेपाल छाडेर परदेशिनु आफनु रहर नभएर बाध्यता
रहेको बताउने गायक ढुंगेल राज्याले नीति निर्माण गरेर स्वादेशमै फर्काउन पहल नगरे
प्रायः कलाकार आफ्नो पारिवारिक भविष्यका लागी विदेशीने क्रम नरोकिने बताउँछन् ।
अभयले आफूलाई मात्रै संगीतको दुनियाँमा
प्रवेश गराएनन् । उनको संगतले पूरै परिवार संगीत क्षेत्रमा होमिएको देखिन्छ ।
ढुंगेल परिवारकै अर्का चर्चित गायक हुन्, राजु ढुंगेल । राजु अभयको ठूलो बुबाका छोरा
हुन् । उनले अकबरे सुनलाई के लाउनुर कसी, जोर मादल बज्यो र जन्म घर जस्ता चर्चित
पूर्वेली भाकामा आफ्नो आवाज भरेका छन् । उनी चर्चित गायक मात्रै नभएर कुशल
वाद्यवाधक पनि हुन् । बहुप्रतिभाका धनी
राजु ढुंगेलले पनि अमेरिकालाई नै आफ्नो भविष्यको रोजाइमा पारे ।
गायकद्वय अभय र राजुका अभिभाबक पूर्वेली
संगीतका गहना हुन् । ढुंगेल परिवारका अर्का गायक नवीन ढुंगेल । सांगीतिक क्षेत्रका
एक मुर्धन्य ब्यक्ती हुन्, नविन ढुंगेल । उनले २०३८ सालमा रेडियो नेपालले आयोजना गरेको
लोकगीत प्रतियोगितामा काँचो कटर होनिर जाले म जान्छु राँङखोला, रोक मोटर गीत
गाएर संगीतको यात्रा आरम्भ गरेका थिए । काँचो कटर होनिर जाले, म जान्छु
राँङखोला, रोक मोटर,पानी, कुवैको घरवार छैन हो लै–लै हामी
दुवैको, गाईलाई पारी वन, साइकल सरसर यो मायालाई सम्झदा मनै हरहर, घर त पोखरा र
घर हाम्रो पूर्वैतिर हो जस्ता कालजयी गीत ढुंगेलको आवाजमा रेकर्ड भएका चर्चित गीत
हुन् ।
गायक नवीन ढुंगेल, अभय ढुंगेलका
बुबा हुन् भने राजु ढुंगेलका काका हुन् । एकै परिवारका ढुंगेल परिवारले धेरै गीत
अपासी सहकार्यमा बजारमा ल्याएका छन् । मनपर्ने एउटा साली छ बोलको गीत छोरा अभय
ढुंगेलले लेखेका हुन । बुबा नवीन ढुंगेल र रेखा शाहले आवाज भरेका छन् ।
यसै गरि अकबरे सुनलाई बोलको गीतमा आवाज राजु
ढुंगेल र नवीन ढुंगेलले भरेका छन् भने शब्द संकलन अभय ढुंगेलको गरेका हुन् । २०५८÷०५९ साल तिर
निक्कै चर्चामा रहेको पूर्वेली लोकगीत हिउँचुलीको हिउँको पानीमाको शब्द संकलक अभय
ढुंगेल हुन् । यो गीतमा नवीन ढुंगेल, अभय ढुंगेल र राजु ढुंगेलको आवाज भरेका छन्
।
यसरी सहकार्यमार्फत एकै परिवारले लोक
संगीतमा योगदान पुर्याएका छन् । यसरी कालजयी र चर्चित लोकगीत पस्केर एकै परिवारका
नवीन, अभय र राजु ढुंगेलले लोक संगीतको संरक्षण र संबद्र्धन गर्न अहम्
भुमिका निर्वाह गरेका छन् । गाउँघरमा मेलापात र बजारमा गाइने भाकालाई जस्ताको
तस्तै संकलन गरेर संगीतमा ढाल्न उनीहरू माहिर छन् ।
यसरी लोकगीत संगीतलाई उच्च योगदान दिएका एकै परिवारका तीनै जना ढुंगेल अमेरिका पलायन भएका छन् । उनीहरू उतै बस्दै आएका छन् । अभय ढुंगेल र राजु ढुंगेल धेरै वर्ष पहिलेदेखि नै अमेरिकामै बसोबास गर्दै आएका छन् ।
यी ढुंगेल परिवारले गाएका गीत आज पनि उतिकै
सुनिन्छ । यद्यपि यी गायकबारे राज्य र सम्बन्धित पक्ष उदासीन छ । स्वदेशमै राज्य र
सम्बन्धित पक्षले बेवास्ता गर्दा कलाकार वर्षेनी पलायकन हुनेक्रम रोकिएको छैन ।