राजकुमार कार्की
असार १ । लैंगिक विभेदमा आधारित हिंसा र यौन तथा
प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । चिशंखगुढी गाउंपालिकाका सबै वडाका वडा अध्यक्ष
र दलित महिला सदस्यहरुलाई सचेतीकरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
युएनएफपिएको आर्थिक सहयोगमा सिएमसी नेपालले चिशंखगुढी गाउंपालिकाको समन्वय र
सहकार्यमा आइतबार चिशंखगुढीमा कार्यक्रम सन्पन्न भएको छ ।
गाउंपालिकाका अध्यक्ष
निशान्त शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष
शर्माले लैगिक हिंसा र यसको प्रकार, असर, प्रजनन स्वास्थ्य र लैगिक हिंसा विचको
सम्बन्ध बारे प्रष्ट पार्नु भएको थियो । लैगिक हिंसा न्युनीकरण गर्न महिलाहरुको
आर्थिक शसक्तिकरण हुन जरुरी रहेको र पालिकामा लंैगिक हिंसा न्युनीकरण गर्न आफू
प्रतिबद्ध रहेको समेत बताउनु भयो ।
युएनएफपीएका
कार्यक्रम संयोजक रेखा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा लैङ्गिक हिंसा
यसका प्रकार, जीवन चक्रअनुसार लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको
मुख्य कारणहरु नेपाल र विश्वमा लैङ्गिक हिंसाको परिदृष्य, लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नीतिगत ब्यवस्था , लैगिक हिंसा निबारण कोष र सुरक्षित आवासगृह र एकद्धार संकट
व्यवस्थापन केन्द्रको सेवा तथा लैङ्गिक हिंसा सम्बन्धी नितिगत तथा कानुनी
व्यवस्थाहरु लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो ।
सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक बसन्ती राईले प्रेषण
र यसको आवश्यकता र प्रकृयाबारेमा र लैगिक हिंसाका प्रभावितहरुलाई सम्बन्धीत
निकायमा प्रेषण गदै आएको बताउनु भयो । सिएमसी नेपाल सहजकर्ता भलमान विकले योजना र यसको महत्व, लैगिक उत्तरदायि बजेट निर्माणका प्रकृया र वर्गिकरण र संकेत, स्थानीय तहको योजना तथा बजेट तर्जुमाका चरणहरुबारेमा प्रष्ट
पार्नु भएको थियो ।
सचेतीकरण कार्यक्रमको अन्त्यमा सबै वडाका प्रतिनिधिहरुले
आर्थिक वर्ष २०८२÷०८३ को लागि लैगिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न
कार्य योजना तयार पारेका थिए । उक्त कार्ययोजना अनुसार कार्यक्रम संचालन गर्नको
लागि आवश्यक प्राविधिक सहयोग गर्ने युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठ
प्रतिबद्ध रहेको बताउनु भयो । यौन तथा प्रजनन् स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्यका आयामहरू, यौन तथा प्रजनन
स्वास्थ्यको महत्व, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य–विद्यमान कानुनि व्यवस्था नेपालको संविधानमा स्वास्थ्य, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैगिक हिंसा र प्रजनन स्वास्थ्यको सम्बन्धबारेमा स्वास्थ्य
शाखा प्रमुख खेम घिमिरेले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको संचालन, महिला शाखा प्रमुख उषा जोशीले गर्नु भएको थियो भने
कार्यक्रमको अन्त्यमा कार्यक्रम अति आवश्यक र प्रभावकारी रहेको वडा नं. ४ का वडा
अध्यक्ष हिमाल राई र दलित महिला सदस्य कुमारी वि.क.ले व्यक्त गर्नु भएको थियो ।