राजकुमार कार्की
साउन ५ । जिल्लामा चर्चामा आईरहने पहिरे खोलामा
पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । यति निर्माण सेवा सोलुखुम्बु र
पूर्वाधार विकास कार्यालय ओखलढुंगा बिच सोमबार सम्झौता भएको हो । २ वर्षभित्र
सम्पन्न गर्ने गरी ३ करोड ७२ लाख ६६ हजार ७३८ रुपैयाँमा निर्माण सम्पन्न गर्ने
गरी सम्झौता भएको छ । सम्झौता भएको मितिले
२ वर्ष भित्रमा पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पक्की पुलको कुल लम्बाई ४०
मिटर, चौडाई गाडीमार्ग ६ मिटर र पैदल मार्गको
लागि १.२ मिटर रहनेछ ।
अहिले वर्षाको समयमा काम शुरु गर्न
संभव नहुने हुँदा वर्षा सकिएपछि करिब दशैँको आसपासमा काम शुरु गर्ने निर्माण
सेवाका सन्चालक आङदावा शेर्पाले बताउनु भयो । आगामी असार महिना भित्र यातायात
सन्चालन गर्न सक्ने गरि पुल निर्माण सम्पन्न गर्ने निर्माण सेवाका सन्चालक
शेर्पाले प्रतिबद्धता गर्नु भएको छ । सम्झौता पश्चात फिल्ड (पहिरेखोला) मा जिल्ला
समन्वय समितिका प्रमुख प्रमुख टेकराज भट्टराई, प्रमुख
जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी
नायव उपरिक्षक मदन केसी पूर्वाधार विकास कार्यालयका प्रमुख गंगासागर यादव सहितको
उपस्थितिमा प्रतिबद्धता गरिएको जानकारी दिएका छन् । यो खोलामा वर्षाको समयमा सयौँ
नागरिकले दुःख पाईरहेकाले पुल छिटो निर्माण गरि सहयोग गर्न निर्माण सेवाका
सन्चालकलाई जिसस प्रमुख भट्टराइले भन्नु
भयो । पक्कीपुलको निर्माण सम्पन्न पश्चात
जिल्लाका नागरिकले सहज आवतजावत गर्नेछन् । पानी पर्ने बित्तिक्कै लेदो, ढुंगामाटो आउने भएकाले वर्षाको समयमा
दैनिक जसो उक्त सडक अबरुद्ध हुने गरेको छ ।
यो भन्दा अगाडी पनि पक्की पुल
निर्माणका लागि टेन्डर खोली आर्थीक प्रस्तावको समेतको सुचना जारी गरेपश्चात कोशी
प्रदेश सरकारले टेण्डर रद्ध गरेपछि पुल निर्माण अन्योलमा परेको थियो । २०८० साल
बैशाख १३ गते टेन्डरको सुचना निकालिएको थियो । जेठ १२ गते प्राविधिक प्रस्ताव
खोलिएको थियो भने ४ वटा फर्मले प्रस्ताव पेश गरेका थिए । प्रस्तावको मूल्याँकन भई
आर्थीक प्रस्ताव खोल्ने सुचना जेठ २९ गते जारी भएको थियो । जिल्ला पुर्वाधार
कार्यालय ओखलढुंगाले सुचना जारी गरी निर्माण कम्पनीहरु सँग प्रस्ताव समेत लिईसकेको
थियो । निर्माण कम्पनीबाट प्रस्ताव लिईरहेकै बेलामा प्रदेश सरकारले बजेट कटाउने
निर्णय गरेपछि पैहिरे खोलामा पुल निर्माण अलपत्र परेको थियो ।
अहिले पनि वर्षा सकिएपछि मात्रै काम
शुरु गर्ने निर्माण कम्पनीका सन्चालकले बताए सँगै यो वर्ष पनि नागरिकले पाउने दुख
कम नहुने देखिएको छ । नागरिकलाई तत्काल सहज सेवा दिनको लागि पुल नबनुन्जेलसम्म
बेलीब्रीजको प्रयोग गर्नुपर्ने माग समेत गरेका छन् । राज्य व्यवस्था तथा सुशासन
समितिका सभापति एवं संघिय माननीय रामहरि खतिवडाले इटहरीमा भएको बेलीब्रीज
ओखलढुंगाको पहिरे खोलामा लगेर प्रयोग गर्ने गरि संघ सरकारलाई निर्णय गर्न लगाएको बताउनु भयो । संघ सरकारले
इटहरीमा भएको ४० मिटरको बेलीब्रीज ढुवानी गरेर पहिरे खोलामा जोड्न प्रदेश
सरकारलाई जिम्मा दिएको छ,
छिटो लगेर जडान गर्न भनिरहेका छौ;
‘उहाँले
भन्नु भयो ।’