राजकुमार कार्की
जेठ ४ ।
कार्यस्थलमा हुने हिँसा र उत्पीडन, लैंगिक हिँसा र यौन तथा प्रजनन स्वास्थ्य
अधिकार बिचको अन्तरसम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) मानसिक स्वास्थ्य तथा परामर्श
केन्द्र (सिएमसी) नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला
अस्पतालका विभिन्न विभागमा कार्यरत कर्मचारीहरुलाई २ दिने अभिमुखीकरण कार्यक्रमको
आयोजना गरिएको युएनएफपीए की कार्यक्रम संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय स्तरमा लैँगिक हिँसाको अवस्था, लैँगिक हिँसा सम्बन्धी कानूनमा भएको
ब्यवस्था,
कार्यस्थलमा हुने
यौनजन्य दुव्र्यवहार, प्रजनन स्वास्थ्य, सुरक्षीत मातृत्व र प्रजनन स्वास्थ्य अधिकार, लैँगिक हिँसाले
प्रजनन स्वास्थ्यमा पारेको असरहरु लगायतका विषयमा
अभिमुखीकरण गरिएको थियो । जिल्ला अस्पतालको सभाहलमा शनिबारबाट सुरु भएको
अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाका
प्रमुख टेकराज भट्टराईले अभिमुखीकरण तालिमको उद्घाटन गर्नुभएको थियो । जिल्ला
अस्पताल प्रमुख रवि यादव, सहायक जिल्ला न्यायधीवक्ता नारायण प्रसाद घिमिरे, सिएमसी नेपालकी निशा
दाहाल र युएनएफपीए की जिल्ला संयोजक रेखा श्रेष्ठले अभिमुखीकरण गराउनु भएको थियो ।
जिल्लाका ४ वटा
स्थानीय तहमा लैँगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना सन् २०१६ बाट सन्चालन
भईरहेको छ । सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँपालिका
र मानेभन्ज्याङ गाउँपालिकामा यो परियोजना सन्चालनमा रहेको छ ।