खोटाङ अस्पतालमा दुइदिन देखी सोलुको शेर्पाको लास, आफन्त खोज्दै प्रहरी

फागुन १६ । जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. ०७ स्थित रहेको हलेसी महादेवको मन्दिर परिसरमा २ (दुई) बर्ष अगाडी देखी मागी खादै जिविकोपार्जन गर्दै आएका जिल्ला सोलुखुम्बु घर बताउने बर्ण गहुँ गोरो, मंगोलियन जस्तो देखिने गोलो अनुहार भएको, हल्का पातलो जुँगा भएको, हरियो रङको CAMANDO लेखिएको टोपी लगाएको, भित्र रातो हाइनेक लागएको, माथि कालो रङको ज्याकेट लगाएको, मुनि कालोमा सेतो धर्का भएको  ट्याक लगाएको, कालो रङको NIKE लेखिएको जुत्ता लगाएको, उचाई ५ फिट भएको, मझौला शरीर, कालो कपाल हल्का फुलेको,  पहिले देखि नै दमको बिरामी  कालो आँखा भएको बर्ष अं. ६०/६५ को पेम्बा शेर्पा भनि चिनिने ऐ. ऐ. स्थित रहेको सनम छिरिङ शेर्पाको घरको पूर्वतिर रहेको दलिन (दलान) मा (उत्तर तर्फको कोठाको ढोका अगाडी) प्लाष्टिकको फर्म (म्याटेस) ओछ्याई सेतो रातो फुलबुटे सिरक ओडी बस्ने निज मृतक पेम्बा छिरीङ शेर्पा मिति २०८१।११।१५ गते दिनको अं. १५:३० बजेको समयमा मृत अवस्थामा फेला परी उक्त लाशको कानूनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागी खोटाङ जिल्ला अस्पतालको शव गृहमा राखिएकोमा हालसम्म निजको आफन्त खुल्न नसकेको हुँदा फोटो हेरी  निजको आफन्तहरु कहि कतै फेला परेमा नजिकको प्रहरी कार्यालय तथा यस कार्यालयको सम्पर्क नं. ९८५२८४९०००, ९८५२८४९१२१ मा जानकारी गराई दिई सहयोग गरी दिनहुन बिनम्र अनुरोध गरिएको छ । 

प्रतिक्रिया