जागेश्वर महादेवस्थान फेदिुगुठमा पञ्चेबजा सहितको भजनकृतन गरिने


मंसिर १३ । जिल्लाको चम्पादेवी गाउँपालिका, साबिक फेदिगुठ गाविस३ मा रहेको जागेश्वर महादेवस्थानमा पञ्चेबाजा सतिको भजन कृतन गरिने भएको छ । स्थानिय तीन युवाको सकृयतामा भजनकृतन सहितका कार्यक्रम हुने भएको हो । प्रत्येक वर्ष गराइने भजनकृतन यो वर्ष पनि निरन्तर गरिएको हो । स्थानिय युवा कुमार गरी, गोपाल गिरी र ढकाल बहादुर बुढाथोकीको सकृयतामा मन्दिर सरसफाई, बत्ति ब्यवस्थापन लगायतका कार्यहरु समेत गरिएको बताएका छन् । मन्दिरमा भजनकृतन र सरसफाई ब्यवस्थापन गर्न स्वच्छिक चन्दा संकलन गरिएको बताएका छन् । चन्दा संकलनबाट १३ गते बेलुका सम्म करिब १ लाख रकम उठेको र उठ्ने क्रम जारी रहेको कुमार गिरीले बताउनु भयो । चन्दा संकलनबाट तत्काल जम्मा भएको पैसाले भजनकृतन, आन्तरिक ब्यवस्थापन गर्ने र थप संकलन भएको चन्दाले मन्दिर निर्माण तथा पूर्वाधार विकासमा खर्चगरिने समेत बताएका छन् ।

जागेश्वर महादेवस्थान परिसरमा बालाचतुर्दशीको अघिल्लो बेलुका देखि रातभरी दिबंगत भएका आफ्ना आफन्तहरुको चीरशान्तीको कामना गर्दै बत्ति बाल्ने चलन रहेको छ । बालाचतुर्दशीको बिहान दिवंगत भएका आफन्तको संझनामा सतबिउ (सद्मी) छर्ने  गरेका छन् ।  बालाचतुर्दशीका अघिल्लो बेलुका देखि बालाचतुर्दशीको दिनभरी विशेष मेला समेत लाग्ने गरेको छ ।

पञ्चेबाजा सहितको भजनकृतनका लागि सिन्धुली जिल्लाबाट कलाकार झिकाईएको छ । कलाकार टोलीलाई एकमूष्ट ५५ हजार र सिन्धुली सम्मको एकतर्फी भाडा दिएर ल्याउने तयारी रहेको ढकाल बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया