राजकुमार कार्की
असार ३१ ।
ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा बोलेरो दुर्घटना भएको छ । नगरपालिकाको वडा नं ११ स्थित जाल्पा मन्दिर
नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन । रमाईलोडाँडाबाट
मिलनचोक तर्फ जानेक्रममा मंगलबार विहान करिब ९ः२० बजेको समयमा दुर्घटना भएको थियो
। प्र.२–०१–००१ च ००९१ नम्बरको
बोलेरो ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बोलेरो सडबाट करिब
५ मिटर तल झरेको छ ।
३१ असार २०८२, मङ्गलबार १०:४६ मा प्रकाशित
1087