नेपालको सुरक्षा संयन्त्र चलाउन सकिएको रहेनछ : पृथ्वी सुब्बा गुरुङ


राजकुमार कार्की

 कात्तिक १९ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालको सुरक्षा संयन्त्रलाई चलाउन नसकिएको बताउनु भएको छ । नेकपा एमालेको बृहत कार्यकर्ता भेलामा ओखढुंगा आउनु भएका गुरुङले यस्तो बताउनु भएको हो । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको सुरक्षा संयन्त्रलाई चलाउन नसकिएको दावी गर्नुभयो । कार्यक्रममा बोल्दै उहाले भन्नुभयो; ‘नेपाली सेना, प्रहरी, गुप्तचर चलाउन सकिएको रहेनछ, यो विषयमा ध्यान दिन सकिएन । कर्मचारीको पुरानो संरचनालाई विश्वास गर्दै आयाैँ तर यसलाई जनता प्रति फ्रेन्ड्ली बनाउन सकिएनछ ।

गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनमा सरकारी संरचना जलेर ध्वस्त हुँदा पनि सेना प्रहरीले हात बाँधेर बसेकाले ठुलो भौतिक क्षति भएको बताउनु भयो । सिँहदरबार जलेर ध्वस्त हुँदा पनि सेना टुलुटुलु हेरेर बस्यो, जब मुलुक ध्वस्त भयो भनेपछि सेना अगाडी आयो । सेना प्रहरीलाई निकम्मा बनाएर असंवैधानीक ढंगबाट सत्ता पलट गरिएको दाबी गर्नुभयो । पश्चिमाहरु लागेर प्रहरीलाई निकम्मा बनाई, प्रहरीका हतियार समेत लुटेर ह्युमिलिएट गरिएको पहिलो घटना भएको बताउनु भयो । सिँहदरबारमा दनदन आगो दन्कीदा त्यसको सुरक्षामा बसेका  एक बटालीयन सेनाले पनि सुरक्षा दिन नसकेको बताउदै, मदन भण्डारी देखि राजा विरेन्द्रको हत्याकाण्ड र अहिलेको जेन्जी आन्दोलन सम्म आईपुग्दा नेपालको सुरक्षा संयन्त्रले प्रभावकारी काम गर्न नसकेको जिकिर गर्नुभयो ।

अहिले नेपालको ब्यवस्था र संविधान नै कोमा पु¥याइएको छ, एमाले, कांग्रेस, माओबादीका नेतालाई निष्तेज बनाएर मुलुकलाई अस्थिर बनाई काम गर्न लागेको समेत आरोप लगाउनु भएको छ । कार्यकारी प्रमुख हुनुपर्ने मागजेन्जीहरुको नभएको र बिचमा उकासेर घुसाइएको भन्दै, हाम्रो जस्तो देशमा भूराजनीतिका कारण सधै अस्थितर हुने खतरा रहेको बताउनु भयो ।

 नेपालको इतिहाँसमै पहिलो पटक कम्युनिष्ट पार्टीमाथी आक्रमण भएको र २००७ साल, २०४६ साल ०६२÷०६३ सालको क्रान्ति र आन्दोलनमा पनि यति धेरै भौतिक संरचना ध्वस्त नभएको बताउनु भयो । अहिले भएको संसद विघटन असंवैधानीक भएकाले प्रतिनिधी सभाको पुनस्र्थापना हुनेमा नेकपा एमाले ढुक्क रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया