लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी समन्वय बैठक सुनकोशीमा सम्पन्न


राजकुमार कार्की

 भदौ १५ । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी पालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका ओखलढुंगामा विभिन्न निर्णयहरु गर्दै आइतबार समन्वय बैठक सम्पन्न भएको हो । पालिका उपाध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको छ । पालिकास्थित विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु र दलित महिला सदस्य  लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । ओसीएमसी र सेफ हाउसको दिगोपनाका लागि कार्यक्रमको आयोजना गरिएको युएनएफपीएकी  जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।

परियोजनाको बारेमा र समग्र लैंगिक हिंसाको अवस्थाको बारेमा संयोजक श्रेष्ठले प्रष्ट पार्नुभएको थियो भने  सेफहाउसको सन्चालनको बारेमा सेफ हाउस इन्चार्ज धनकुमारी थापाले प्रष्ट पार्नुभयो । त्यसै गरी  भावी कार्ययोजनाको बारेमा सिएमसी नेपालका स्वास्थ्य संयोजक घनश्याम शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो ।

समन्वय बैठकले पालिकाभित्र लैंगिक हिंसा प्रभावितलाई सहयोग गर्ने, ओसीएमसी र सेफहाउसले त्रैमासिक रुपमा प्रतिवेदन पालिकालाई बुझाउनु पर्ने, लैंगिक हिंसा निवारणकोष कार्यविधी संशोधन गर्ने, सेफहाउस र ओसीएमसी  सन्चालन गर्न जिल्लास्तरीय बैठकले निर्धारण गरेअनुसारको बजेट सिद्धिचरण नगरपालिकाको खातामा जम्मा गर्ने लगायतका निर्णहहरु गरिएको छ । त्यसैगरी पालिकास्तरीय ओसीएमसी कार्ययोजना मस्र्यादा तयार गर्न ५ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिमा ः

स्वास्थ्य शाखा प्रमुख      ः संयोजक

महिला शाखा प्रमुख       ः सदस्य

लेखाशाखा प्रमुख          ः  सदस्य

शिक्षा शाखा प्रमुख        ः सदस्य

रोजगार शाखा प्रमुख      ः सदस्य

गठित समितिले असोज ५ भित्रमा मस्यौदा तयार पारी पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया